राैशन चाैधरी ।
असार ०६ ,रौतहट
रौातहट जिल्लाको गरुडामा जगदम्बा ल फर्म संचालन आएको छ । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरि भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडामा ल फर्म संन्चालनमा आएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाल जैसवाल द्धारा शुभआरम्भ गरि संन्चालनमा ल्याएको छ । नगर प्रमुख जैसवालले फिता काटी ल फर्मको संन्चालनमा ल्याउनु भएको छ । जिल्लामा १८ ओटा पालिकाको रहेको छ जसमध्ये मध्यभागमा पर्ने गरुडा नगरपालिकाको एक हो । नगर प्रमुख जैसवालले कार्यक्रमको सम्बोधन गर्दैै यस क्षेत्रको वरिपरि बिभिन्न गाउँ बस्ति रहेको छ ।जसमा बिभिन्न किसिमको झै–झगडा हुदैँ आईरहन्छ । आफन्त लगायत छिमेकीहरुसंग पनि समान्य बिवादको कारण झै–झगडा ,मारपिट ,अंश बन्डा ,लेनिदेनी जस्ता घटनाहरु हुदैँ नै रहन्छ । यस्ता प्रकारका समस्या समाधानका लागी हामीलाई जिल्लाको सदरमुकाम धाउन परेको थियो । कुनै किसिमको कानुनी सल्लाह वा परामर्श गर्नु पर्दा एकै चोटी गौर जानु पर्थो । त्यसता कुराहरुको समस्या समाधान गर्न अव गौर जान झन्झट नै अन्त हुने भएको छ । तथा गरिब ,दिनदुखि ,निमुखा र सोझासाझा मानिसहरुलाई तिर्नु पर्ने भाडामा नै गरुडामा काम हुने भएको मेयर जैसवाले बताउनु भयो । अव अन्त्य नगई सम्पुर्ण यस क्षेत्रसंग आवद्ध रहेको मानिसहरुलाई कानुनी सम्बन्धि कुनै प्रकारका जिज्ञासा ,सुझासल्लाह लिन यस ल फर्ममा एक चोटी मौकाको सेवा दिन आग्रह समेत गरेका थिए । हामीले एउटा सानो काम पर्दा गौर जादा हाम्रो दिन भरिको समय खेर जाने हुँदा अव आफ्नै नजिक हुने भएको हुँदा समयको बचत हुने र छिटो छरितो काम हुने भएको छ । सो ल फर्म कुनै प्रकारको समस्या हुँदा कानुनी सेवा अधिवक्ता रंजन कुमार कर्ण र अधिवक्ता मोहम्मद अतिकुर रहमानले प्रत्यके दिन सेवा दिनेछ ।