सागर संगम ठाकुर रौतहट ,असार ८ गते
रौतहटको मध्यभाग देवाही गाेनाही नगरपालिका-७ टाेल उचिडिहमा नव निर्वाचित नगर प्रमुख प्रेमलाल साह र उप प्रमुख परनिया देवी पटेलले बिधालय भवनको शिलान्यास गरेकाे छ । बिधालयका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाकाे अध्यक्षतामा मंगलबार एक समारोहका बिच प्रमुख अतिथि मेयर प्रेमलाल साह र बिशिस्ट अतिथि परनिया देवी पटेलले संयुक्त रुपमा श्री अधारभुत माध्यमिक बिधालय उचिडिहमा ४ कोठे भवनको बिधिवतरुपमा शिलान्यास गरेका हुन । प्रअ कुशवाहाकाे अथक प्रयासले गर्दा स्कुलको निजी श्राेतबाट ढेड कठ्ठा जग्गा खरिद साेही जग्गामा उक्त भवन शिलान्यास गरिएको प्रअ कुशवाहाले बताए । राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत कुल ३६ लाख रुपैयाको लागतमा एक तले ४ कोठे अत्याधुनिक भवन निर्माण हुन लागेको देवाही गाेनाही नगरपालिकाका नियमित प्रमुख प्रशासकिय अधिकृत मनाेज कुमार यादवले बताएका छन । शिलान्यास कार्यक्रमलाई सम्बाेधन गरिदै नगर प्रमुख प्रेमलाल साहले शिक्षा क्षेत्रको सुधार तथा भौतिक पुर्वाधारहरु निर्माणमा नगरपालिकाको सदैब सहयोग रहने बताए । उहाँले शिक्षा क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । त्यस्तै प्रअ कुशवाहाले शिलान्यास पश्चात् बन्न लागेको एक तले भवनमा थप एक तले थपिदिन मेयर साह र उप मेयर पटेल संग आग्रह गर्नु भयाे ।प्रअ कुशवाहाले आफू सदैव बिधालयकाे सेवक भएर काम गर्ने चाहना रहेकाे बताउदै अभिभावक हरुलाई समय समयमा बिधालयमा आएर सल्लाह सुझाव दिन सबै संग अनुराेध गर्नु भयो ।बिधालयमा आफू आए देखि नियमित रुपमा पठनपाठन हुदै आएको र प्रयाप्त मात्रामा भवन नहुदा बिधार्थीहरुलाई राम्रो शिक्षा दिन नसकेको सुकार गर्नु भयाे । शिलान्यास कार्यक्रममा देवाही गाेनाही नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष उपेन्द्र राय यादव, निवर्तमान वडा अध्यक्ष जगरनाथ राय यादव,नि.प्रमुख प्रशासकीय अधिकृत मनाेज कुमार यादव,लेखापाल प्रदिप कुमार यादव,शिक्षा संयाेजक अरबिन्द यादव, कार्यपालिका सदस्य अंजिला देवी, नेकपा एमालेका युवा नेता बिरवल कुशवाहा, उप मेयरका श्रीमान तथा एमालेका नेता भरत पटेल ,जय नरायण कुशवाहा,शिक्षक पनिलाल दास, पत्रकार ,बिधालय परिवार लगायत बिधार्थी र स्थानीय अभिभावकहरुकाे भब्य उपस्थितिमा शिलान्यास कार्यक्रम संम्पन भएको प्रअ कुशवाहाले जानकारी दिनु भयाे ।