सागर ठाकुर । रौतहट । असार १० गते।
रौतहटको देवाही गाेनाही नगरपालिकाको छैठौ बजेट अधिवेशन नव निर्वाचित जन प्रतिनिधि द्वारा सम्पन्न भएको छ ।
देवाही गाेनाही नगरपालिकाको नव निर्माण भएको कार्यालय भवनमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको छैठौ नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहकाे प्रमुख अतिथ्य तथा देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि ३७ कराेड ४४ लाख ६ हजार २८८ रुपैया आय व्यय नगरपालिकाका उप-प्रमुख परनिया देवी पटेलले प्रस्तुत गर्नुभएकि हुन ।
नगरपालिकाको उप-प्रमुख परनिया देवी पटेलले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएकि हुन ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत मनोज यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा:- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साह नगरपालिकाकी उपप्रमुख परनिया देवी,निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज यादव,लेखा प्रमुख प्रदीप यादव,विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी पत्रकार शिक्षक शिक्षिका लगायत आम जनसमुदायको विशेष सहभागिता रहेको थियो ।