बिमलेश कुमार झा
१० असार,रौतहट। बौधिमाई नगरपालिकाको छैठौं नगर सभा आज शुक्रबार सम्पन्न भएको छ । नगर प्रमुख एवम नगर सभाका अध्यक्ष प्रदिप कुमार यादवको अध्यक्षतामा सम्पन्न नगर सभाको शुभारम्भ प्रमुख अतिथि एवम् उद्योग पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र प्रसाद यादवले पानसमा दिप प्रज्वलित गरेर भएको थियो ।
रौतहटको बौधिमाई नगरपालिकाको छैठौं नगर सभा आज सम्पन्न भएको छ् । बौधिमाई नगरपालिकाका समृद्धि, बिकास र स्थानिय तहको कानुन निमार्ण देखी निती कार्यान्वन तथा चालु आर्थिक वर्षको बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गदै आज बौधिमाई नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ् ।
नगर सभाका सभाअध्यक्ष तथा बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले आर्थिक,समाजिक,भौतिक पूर्वाधार,वातावरण तथा विपद् व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह तर्फ निति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
बौधिमाई नपा अन्तर्गत रहेका पसलमा बिक्री गर्ने औषधी जस्ता सामग्रीहरुको म्याद सकिएका बिक्रीवितरण गरेको पाइएमा नियमानुसार कानुन बमोजिम कारवाही हुने मेयर यादवले संस्थागत विकास तथा सेवा प्रवाह तर्फ निति ल्याएका छन्। सुविधा सम्पन्न नगरपालिकाको कार्यालय भवन तथा वडा कार्यालयहरुको भवन, वरुण यणत्र, कालाबजारी नियन्त्रण लगायत दर्जनभन्दा भन्दा बढी लोकपि्रय निती तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
कार्यक्रममा सम्बोधन गरेका वाक्ताले उठाएका जिज्ञासालाई नगर प्रमुखले क्रमिकरुपमा जवाफ दिएका थिए ।
मेयर यादवले बिभिन्न शिर्षकहरु बनाई योजना निमार्ण गरिएको छ् ।
छैठौं नगर सभाबाट मेयर यादवले ३९ करोड ८४ लाख ८९ हजार जम्मा बजेट प्रस्तुत गरेका छन्। संघ राजशव बाड फाड वितिय समानिकरण तर्फ ९ करोड २ लाख २७ हजार, संघ समानिकरण अनुदान तर्फ ११ करोड ९६ लाख, संघ सशर्त अनुदान चालू तर्फ १२ करोड १४ लाख, संघ सशर्त अनुदान पुजीगत तर्फ २ करोड ११ लाख, प्रदेश राजशव बाडफाड ४६ लाख ७७ हजार, प्रदेश समानिकरण अनुदान पुजिगत तर्फ ३० लाख,प्रदेश सम्पुरक अनुदान पुजिगत तर्फ २० लाख, सडक बोर्ड नेपाल ३० लाख र आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन शुल्क तथा अन्य आय स्रोत) तर्फ २ करोड ५० लाख गरि जम्मा ३९ करोड ८४ लाख ८९ हजारको निति तथा कार्यक्रम मेयर यादवले वाचन गरेका थिए।
प्रतिपक्षी दलको कार्यपालिकामा बहुमत रहेकाले विभिन्न बहानामा समयमा नगरसभा नगर्ने मनस्थिति बनाए पछि नगरपालिकाको ग्रेड बचाउनका लागि बिहीबार रातभरि मेहनत गरि सो नगर सभा सम्पन्न गरेको मेयर यादवले बताएका छन्।
नगरपालिकाका नगर प्रमुख यादवले नगर सभा भब्यताको साथ सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् । ‘एतिहासिक नगर सभा सभ्य–भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद’ नगरपालिकाका नगर प्रमुख यादवले भने । नगर सभा बौधिमाईका जनताहरुको समृद्ध र बिकासमा फलदायी रहेको बताईएको छ् । नगरको समृद्धि र बिकासमा लाग्न सबै जनप्रतिनिधीहरुलाई नगर प्रमुख यादवले अनुरोध समेत गरेका छन् ।
सो कार्यक्रममा बौधिमाई नपाका उपप्रमुख प्रमिला देवि जैसवाल, नेकपा एसका रौतहट जिल्ला कमिटी अध्यक्ष कमल राय यादव, जिल्ला कमिटी सदस्य रमेश जैसवाल, युवा नेता कनिश पटेल,वडा अध्यक्ष तुरन्त नरायण यादव, गगण देवा यादव, लक्षमी यादव, धर्मेन्द्र पटेल, पूर्व वडा अध्यक्ष उपेन्द्र दास, विजय कुशवहा, विभिन्न दलमा आबद्ध नेताकार्यकर्ता, पत्रकार, सुरक्षाकर्मी, बौधिमाई नगरबासीहरुको उपस्थिति थियो।