बारा प्रहरीले २३ लाख रुपैयाँ मूल्य बराबरको पाम आयल सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का रजाक मियाँ अन्सारीका छोरा मैरुदिन अन्सारी, खैरुदिन अन्सारी, वडा नम्बर १७ का मुन्ना अन्सारी र परवानीपुर गाउँपालिका–१ का सञ्जय महतो रहेका छन । प्रहरीले पिकअप गाडीबाट पाम आयल तेल सहित ४२ हजारको किराना समान समेत बरामद गरेको छ । २ वटा पिकअप गाडीको २० लाख र ८० वटा जारमा लोड गरिएको पाम आयल तेलको मूल्य २ लाख ८० हजार गरी २३ लाख २२ हजार रुपैयाँ मूल्यांकन राखी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
सीमावर्ती शहर भारतको रक्सौलबाट दुईवटा पिकअप गाडीमा ८० वटा जारमा करिब १२ सय लिटर पाम आयल तेल लुकाई छिपाई बारा भित्र्यिाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ना ३ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप गाडीमा किराना समान मुनि ८० वटा जारमा भरिएर ल्याएको पाम आयल तेल लुकाई छिपाई ल्याई रहेको अवस्थामा चालक सहित चारजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।