मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, एक जना गम्भीर घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १७, शुक्रबार (३ साल अघि)
  • २९ पटक पढिएको
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, एक जना गम्भीर घाइते

रौतहट,१७ चैत्र। रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। चन्द्रनिगाहपुरको चाँदी पुलमा गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटर साइकल दुर्घटना भएको थियो ।

मोटर साइकलमा पछाडि बसेकी सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी चौधरीको घटना स्थालमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

मोटर साईकल चालक धनुषाको औरही ४ का ४५ वर्षीय अरुण कुमार मण्डल गम्भीर घाइते भएका छन्। मण्डललाई थप उपचारमा लागि एम्बुलेन्समा वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमूख डिएसपी एक नारायण कोइरालाले बताएका छन।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस