रौतहट,१७ चैत्र। गएरात रौतहटको गरुडामा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.५ शिवनगर स्थित गौर चपुर सडक खण्डमा शिवनगरबाट गरुडा तर्फ जादै गरेको बिआर ३० क्यु २९०७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदैँ गरेको बिआर ३० वाई २४२९ नम्बरको मोटर एक आपसमा ठोकिएका थिए ।
दुबै मोटरसाईकलमा सवार रहेका मानिसहरु घाईते भएको थियो ।घाईते भएको मानिसहरुको गरुडा नगरपालिकाको झाझपुल स्थित रहेको ग्राण्डी हस्पिटलमा उपचार भईरहेको छ । उपचार भईरहेको क्रममा बिआर ३० क्यु २९०७ नम्बरको मोटरसाईकलमा पछाडी सवार जिल्लाको गुजरा नगरपालिकाको वार्ड नं.८ जुगवलीया बस्ने रामअयोध्या राउतको छोरा सुदिप पटेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक छेदिलाल कामतिले जानकारी दिएका छन ।
प्रहरी नायब उपरिक्षक कामतिको अनुसार बिआर ३० वाई २४२९ नम्बरको मोटरसाईकल चालक जिल्लाको दुर्गा भगवति गाउँपालिकाको वार्ड नं.१ पिपराबजार बस्ने राकेश साहको दाहिने खुट्टामा चोट लागेको ,सोहि मोटरसाईकलमा पछाडी सवार गरुडा नगरपालिकाको वार्ड नं.६ पोठियाहि बस्ने किसुन साहको दाहिने खुट्टामा चोट लागेको र सोहि ठाउँका किसुन साहको श्रीमति रामलाति देवीको बायाँ खुट्टामा चोट लागेर अस्पतालमा प्रहरीको निगरानिमा उपचार भईरहेको साथै अवस्था समान्य रहेको प्रहरीले जानकारी दिनु भएको छ ।
त्यसतै अर्को बिआर ३० क्यु २९०७ मोटरसाईकल चालक देवाहि गोनाहि नगरपालिकाको वार्ड नं.४ देवाहि बस्ने बिगु पटेलको छोरा संन्तोश पटेलको दाहिने खुट्टा,हातमा चोट लागेको र प्रहरीको निगरानीमा उपचार भईरहको प्रहरीले बताउनु भयो ।
घटनाको बारेमा थप अनुस्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका नायब उपरिक्षक कामतिले जानकारी दिनु भएको छ ।