लागुऔषधसहित धनकुटा र बर्दियाबाट ८ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र २३, बिहिबार (२ साल अघि)
  • ६ पटक पढिएको
लागुऔषधसहित धनकुटा र बर्दियाबाट ८ जना पक्राउ

रौतहट,२३ चैत्र। अवैध लागुऔषधसहित धनकुटा र बर्दियाबाट ८ जना पक्राउ परेका छन् । धनकुटामा पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याक्खासहित ४ जना रहेका छन् ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसै गरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । करिब ४ ग्राम ब्राउन सुगर सहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दीपक विकसहित अन्य ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस