कृष्ण तिवारी
रौतहट,२४ चैत्र। गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा तीन जना लाई नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित रहेका साहिवा ब्यूटी पार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले शुक्रवार दिउसो उक्त व्यटिपार्लरमा छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका १ घर भएका एक पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
उक्त पार्लरको दुई वटा कोठामा रहेको बेडमा कण्डमहरु छयाप्छयाप्ती रहेका तथा त्यहाँ फेला परेको डसपिनमा प्रयोग गरिएका कण्डमहरु समेत बरामद भएका छन् । उक्त यौनजन्य गतिविधि गराउनमा संलग्न साहिवा ब्युटी पार्लरको यौनधन्दामा संलग्न यौनकर्मी महिला, ग्राहक र ब्यूटी पार्लर सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले समाजमा नराम्रो असर पर्ने गतिबिधि गर्ने तीनैजना माथि मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको बताए ।