रमेश कुमार यादब
रौतहट,३० चैत । रौतहटको गरुडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन भएको छ । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा अन्तर्गत पर्ने श्री नमुना मा.बि गरुडा बैरियाको प्राङ्गणमा गरुडा नगरपालिकाले आयोजना गरिएको सार्वजनिक सुनुबाई कार्यक्रम भब्यताको साथ सम्पन भएको थियो ।
पारदर्शि र जवाफदेहि स्थानिय सरकार गरुडा नगरपालिकाको अभियानका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन भएको थियो । नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वयन समितिका प्रमुख रामअयोध्या राय यादब रहनु भएको थियो ।
कार्यक्रममा गरुडा नगरपालिकाको वार्ड नं.१ देखि ९ सम्मका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार सरकार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने बिगतको नगर प्रमुखले दिएको दुख जस्तै हामि आफ्नो नगरको मानिसहरुलाई कहिले दुख नदिने प्रतिबद्धता जनाउनु भएको थियो ।नगर प्रमुख जैसवालले नगरको बिकास निर्माणको कार्य कसैले रोक्न चाहेँमा रोक्न नदिन बताउनु भयो ।हाम्रो नगरको प्रत्येक मानिसलाई लाभ हुने गरि कार्य गर्ने बताउनु भयो साथसाथै नगरको प्रत्येक वार्ड समानजनक कार्य गर्ने आश्वासन दिनु भएको थियो । त्यसतै सार्वजनिक सुनुवाई कार्यक्रममा आएका मानिसहरुले नगर प्रमुख लगायत पालिकाको बिभिन्न पदाअधिकारीहरुसंग प्रश्नहरु सोधिएका थिए ।
नगरबासिहरुले सोधेका थिए कि बिगतका मेयरले ५ बर्षमा अधुरा कार्यहरुलाई निरन्तरता दिने ,प्रतिक्षालय र सार्वजनिक शौचालय नरहेको हुँदा सर्वसाधारणलाई शास्ति हुदै गरेको ,प्रसुति उपचार,सर्प कुकुरले टोकेको बिरामीको लागी उपचार केन्द्र हुनु पर्ने ,प्रत्येक वार्डमा नगर प्रहरी हुनु पर्छ ,दमकलको ब्यवस्था ,केन्द्रिय बजेट प्राप्त भएपनि शिवनगर अस्पताल किन निर्माण हुन नसकेको ,शिवनगर मन्दिरमा महिलाहरुको लुगा फेर्ने स्थान नहुँदा समस्या हुदैँ आएको ,खाद,मल बिउका लागी सर्वसाधारण सबैको पहुँच हुनु पर्ने ,दलित गरिबको लागी घरको ब्यवस्थाका साथै रोजगारीको अवसर प्रदान गर्ने जस्ता प्रश्नहरु राखिएका थिए ।
सोहि प्रश्नहरुको जवाफ दिदैँ नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले भने कि बैशाख मसान्तभित्र घुम्ती शौचालयको ब्यवस्था हुने साथै ९ वटा वाडमा रहेको ऐलानी जग्गामा सार्वजनिक शौचालय र प्रतिक्षालय बनाउने बताउनु भयो ।त्यसतै नगर प्रहरीको लागी १० दिन भित्रमा सुचना जारि गरिने ,दमकलको लागी तुरुन्त १५ दिन भित्रमा नगरबासिहरुको लागी ५ हजार लिटर क्षमताको दमकल ल्याउने नगर प्रमुख जैसवालले भन्नु भयो ।
शिवनगर अस्पतालको सम्बन्धमा १ कठा जग्गाको लागी १० देखि १५ दिनमा रकम भुक्तानी दिई जग्गा खरिद गर्ने ,नगरपालिकाको भवनको लागी असार श्रावनतिर शिलान्यास गर्ने,शिक्षाको लागी अधिकतम बजेटको ब्यवस्था गरिने ,हैण्ड पाईपको बारेमा आफुलाई थाहा नहुदा सरोकारबालासंग समन्वय गरि जवाफ दिने ,शिवनगरमा महिलाहरुलाई लुगा फेर्नमा समस्या हुँदा भवन निर्माणको लागी २० लाख रुपैँया छुटयाईएको बताउन्ु भयो ।
त्यसतै वाईफाईको सन्दर्भमा अहिलेसम्म सात वटा नगरपालिकामा जडान भईसकेको र २ वटा वार्डमा अहिले बाँकी हुँदा बिस्तारै पुरा गर्दै जाने ,असार मसान्त सम्म एउटा एम्बुलेन्स अझै पालिकामा थप्नुको साथसाथै मलखादको लागी वडाअध्यक्षहरुले डिलरलाई सुम्पेको बताउनु भयो ।त्यति मात्र नभएर नगरबासिहरुको सहयोग पाएमा यो भन्दा अझै गुणस्तरिय र प्रभावकारी काम गरेर देखाउने बताउनु भएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि नगरवासीहरुले वाटोघाटो ,नाला सरसफाइ बत्ती जडान वाईफाई जडान विधुत, खानेपानी, भवन निर्माण ,इन्धन खर्च लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।
नगर उद्योग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र चौधरी,सुनचाँदी व्यावसायी महासंघ मधेस प्रदेश अध्यक्ष रामजी साह,वडा नम्बर १का वडा अध्यक्ष,शेख वहाब, २ का वडा अध्यक्ष कृष्णन्दन सहनी, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनी,५ नम्बरका वडा अध्यक्ष रामबिनोद साह,६ नम्बर का वडा अध्यक्ष रामबाबु चौधरी, स्वास्थ्य संयोजक सुरेन्द्र साह नमूना माविका प्रअ प्रभु राउत लगायत नगरवासी ,समाजसेवी शिक्षासेवी, पत्रकार, महिला, दलित, आदीवासी जनजाती ,मधेसी, पिछडा वर्ग,जेष्ठ नागरिक समाज , सर्वसाधारण समेतको उपस्थिति रहेका थियो ।