रौतहट,०८ वैशाख। नदीमा करेन्ट लगाएर माछा मारेको आरोपमा ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका-७ स्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उनले बताए ।सिरानचोक गाउँपालिका-७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १:३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएको १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको छ, उपरीक्षक लामिछानेले भने।
नदीमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्र्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।