सवारी दुर्घटनामा वडाअध्यक्ष अधिकारीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० बैशाख १०, आईतबार (३ साल अघि)
  • ३४ पटक पढिएको
सवारी दुर्घटनामा वडाअध्यक्ष अधिकारीको मृत्यु

रौतहट,१० वैशाख। कीर्तिपुर नगरपालिका वडा-४ का वडा अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ।

सवारी दुर्घटनाबाट घाइते भएका अधिकारीको उपचारको क्रममा निधन भएको नगरपालिका वडा-४ का नगरसभा सदस्य अनिल बास्कोटाले जानकारी दिए।

उनका अनुसार अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो।

वैशाख १ गते  कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना परी घाइते भएको नगरसभा सदस्य बाँस्कोटाले जानकारी दिए। घाइते भएपछि उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो। 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस