पवन कुमार उपाध्याय
रौतहट,२५ वैशाख। रौतहट जिल्लाको कटहरियामा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला तथा सर्प दँश केन्द्र उपचार सेवाकेन्द्र सुचारु भएको छ ।
सोमबार एक कार्यक्रमको बिच कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल र नगर उप–प्रमुख रिता देवी यादबले संयुक्तरुपमा उद्धघाटन गर्नु भएको थियो । कटहरिया नगरपालिकाको वार्ड नं.५ को वडाअध्यक्ष सरफलाल गुप्ताको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको भने उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल रहनु भएको थियो भने बिशिष्ट अतिथि राजनितिक सल्लाहकार बाल्मीकी यादब ,अतिथि कटहरिया नगरपालिकाको नगर उप–प्रमुख श्रीमति रिता देवी यादब रहनु भएको थियो ।
उद्धघाटन कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने आजको समय हाम्रो नगरबासिको लागी अति नै खुसिको कुरा रहेको बताउनु भयो । नगर प्रमुख जैसवालले भने हाम्रो नगरमा बिभिन्न बाधा अवरोधबिच हामिले आफ्नो जनताको जिवज्यानको ख्याल राख्दैँ नगरबासिलाई कुनै प्रकारको समस्या आउन नदिन हामिले लागी परेका बताउनु भयो ।
जिल्लामै दुई ठाउँमा सर्प दन्श उपचार केन्द्र रहेको हुँदा भित्रि ठाउँका मानिसहरुलाई उपचार गराउनमा धेरै नै कठिनाई भईरहेको थियो । जिल्लाको गौर र चन्द्रपुरमा मात्र सर्प दन्शको उपचार हुने हुँदा यहाँबाट २५ किलोमिटर लैजाँदा बाटोमा नै कतिपयको अकालमै मृत्यु भएको पाईएको छ । सोहि कुराको मध्यनजर गदैँ हाम्रो नगरको मानिसहरुको सर्प दंन्शबाट अकाल्मै मृत्यु हुन नपरोस भनि उदेश्यले हामि आफ्नै ठाउँमा यसको ब्यवस्था मिलाएको नगर प्रमुख जैसवालले बताउनु भयो ।
जिल्लाको मध्यभागमा र्सप दन्श संचालन भएपछि आसपासका पालिकाका नागरिकहरुले पनि बिषेश लाभ लिन सकिने बताउनु भयो । नगर प्रमुख जैसवालले चुनावको बेला जनतासंग गरेको बाचालाई मध्य नजर गर्दै उक्त सेवा केन्द्र संचालनमा ल्याईएको बताए । सर्पको टोकाईबाट स्थानिय ठाउँमा उपचार नहुँदा गौर ,चन्द्रपुर र बिरगंज जानु पर्ने बाध्यता अवदेखि समाप्त भएको बताउनु भयो ।
त्यसतै नगर प्रमुख जैसवालले कटहरियामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्यवस्थित बनाई एक कार्यक्रमबिच ल्याब प्रयोगशालाको पनि उद्धघाटन समेत गर्नु भएको थियो । उक्त ल्याव प्रयोगशालाको उद्धघाटन भएपनि सो नगरका अति बिपन्न,गरिब ,कम आयय् भएका ब्यतिmहरुले लाभ लिनमा थप मदत मिल्ने पनि बताउनु भयो ।
त्यस ल्याबबाट मानिसहरुको सम्पुर्ण शरिरको परिक्षण गर्ने ,भिडियो एक्स–रे ,रेविजको सुई जस्ता रोगहरुको ईलाज ३ वटा डाक्टरहरुबाट सामुदायिक स्तरमा नै उपचार गरिने नगर प्रमुख जैसवालले बताउनु भयो ।
उद्धघाटन कार्यक्रममा वडाअध्यक्ष सर्फलाल गुप्ता ,समिश विक्रम शाह,निमित्त प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह तथा स्वास्थ्य संयोजक संजिव कुमार जैसवाल, प्राथमिक स्वास्थय केन्द्रका डा. धर्मेन्द्र विन्द्र पटेल,स्वास्थ्यकर्मी दिनेश यादव,योजना प्रमुख रामनरेश यादव,कार्यपालिका सदस्य दिलिप साह लगायत स्थानियवासीको उपस्थिति रहेको थियो ।