रमेश कुमार यादब
बैशाख १,रौतहट
रौतहट जिल्लाको जयनगरमा सडक ढलना कार्यको उद्धघाटन गर्नु भएको छ ।जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं.१ जयनगरमा सडक ढलान कार्यको उद्धघाटन गर्नु भएको थियो ।
आईतबार एक कार्यक्रमको आयोजना गरि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले जयनगरमा रहेको सडक ढलान कार्यको उद्धघाटन गर्नु भएको थियो ।नगर प्रमुख जैसवालले पुरोहितद्धारा मन्त्रबाचन गरि बिधिवत रुपमा पुजापाठ गरि उद्धघाटन गर्नु भएको थियो उद्धघाटन पश्चात सडक ढलान कार्य सुरु भएको थियो । सडक ढलान कार्यको उद्धघाटन कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने हाम्रो नगरमा बिभिन्न बाधा अवरोधको बिच हामि आफ्नो नगरबासिको लागी र नगरको बिकासको लागी हरदम तत्पर रहने बताउनु भयो । जयनगरमा १२ लाख रुपैँयाको लागतमा सुरु भएको कार्य एकदम सराहनीय रहेको बताउनु भयो ।
नगरस्तरिय बजेटबाट निर्माण हुन लागेको १४ फिट चौडाई ,१२८ मिटर लम्बाई र ८ ईन्च मोटाई सडकको निर्माणले यस भेगका स्थानिय बासिन्दाहरुलाई आवतजावत गर्न सहज हुने बताउनु भयो ।सडक निर्माण हुनु भन्दा अघि एकझर परेको पानिले उक्त सडकमा गंगाजमुना जस्तो पानी बग्ने गरेकोले मानिसहरुलाई धेरै नै समस्या भईरहेको थियो । तर अवदेखि यस्ता समस्या हटने भएको नगर प्रमुख जैसवालले बताउनु भयो । नगरस्तरिय बजेटबाट निर्माण भईरहेको सडक ढलान कार्यले उक्त भेगका बासिन्दा पानी तरेर जाने समस्याबाट छुटकारा पाएपछि खुसि भएका छन ।उक्त सडक ढलान उद्धघाटन कार्यक्रममा सोहि ठाउँको वडाअध्यक्ष शेख वाहब लगायत स्थानिय भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो ।