जेठ ०३,रौतहट
रौतहट जिल्लाको डुमरियामा एकै दिन दुई वटा झुलुङ्गे पुलको शिलान्यास गरिएको छ । जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं.९ अन्र्तगत पर्ने डुमरियामा नगर प्रमुख अजय प्रकाश जैसवालले एक कार्यक्रमबिच झुलुङ्गे पुलको शिलान्यास गर्नु भएको हो ।
नगर प्रमुख जैसवालले बिधिबत रुपमा कटहरिया नगरपालिका अन्तर्गत पर्ने डुमरियाको तरहारी खोलामा १ करोड २८ लाखको लागतमा बुधबार एकैदिन दुई वटा झुलुङ्गे पुलको शिलान्यास गर्नु भएको हो ।शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने बर्षेदेखि यस भेगका मानिसहरु आवतजावत गर्नमा समस्या भोग्दै आईरहेको थियो । डुमरियाका स्थानियहरुले हामिलाई तरहरि खोला आरपार गर्न धेरै समस्या भईरहेको बारम्बार गुनासो गर्दै आईरहेको कुराको मध्यनजर गर्दै मधेश प्रदेश सरकारबाट पहल गरेर ल्याएको झुलुङ्गे पुलको शिलान्यास गरेको नगर प्रमुख जैसवालले बताउनु भयो । नगर प्रमुख जैसवालको हामिले प्रदेश सरकारबाट यो तरहारि खोलामा पक्की पुलको माग गरेको थियो तर प्रदेशबाट झुलुङ्गे पुल नै पठाएकोले हामि यसको काम अगाडी बढाएका छौ भने । यो झुलुङ्गे पुल निर्माण भएपछि यस भेगका बासिन्दाहरुलाई आवतजावत गर्न सजिलो हुने बिश्वास लिनु भएको थियो । डुमरियाका स्थानिय मानिसहरुलाई तरहारि खोला पारी खेतीबारी रहेको र बर्षाको समयमा तरहारि खोला तर्न धेरै समस्या भईरहेको थियो तर अव पुलको निर्माण भएपछि वारिपारि आवतजावत गर्न र कुनै बेला आवतजावत गएर काम गर्नमा कुनै समस्या नहुने बताउनु भयो । मधेश प्रदेशबाट बन्न लागेको झुलुङ्गे पुलको लम्बाई ३२ मिटर ,चौडाई ५ फिट रहेको र यो पुल तिन महिना भित्र निर्माण कार्य सम्पन गर्न ठेकेदार कम्पनी र उपभोक्ता समितीका अध्यक्षलाई निर्देशन समेत दिनु भएको थियो ।
कटहरिया नगरपालिकामा पहिलो पल्ट झुलुङ्गे पुलको निर्माण हुन लागेको स्थानियहरु बताउनु भयो । यो पुल निर्माण भएपछि असार सावनको बर्षाले तरहारी खोला भरिभराउँ हुँदा उक्त समयमा सजिलोसंग आवतजावत सहज हुने भनि उक्त भेगका स्थानियहरु मेयर जैसवाललाई धेरै–धेरै धन्यबाद दिएका थिए ।सो शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य दिलिप साह ,गजेन्द्र प्रसाद यादब ,पत्रकार प्रकाश श्रेष्ठलगायत ,भद्रभलादमी ,बुद्धजिवि ,समाजसेवीहरुको सहभागिता रहेको थियो ।