रमेश कुमार यादब
जेठ ०३,रौतहट
रौतहटको गरुडामा जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन गरिएको हो ।जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.४ अन्र्तगत पर्ने गरुडा स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन गरिएको हो । मधेश प्रदेश सरकार एवंम गरुडा नगरपालिका बिचको सहकार्यमा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले बिधिवत रुपमा पुरोहितद्धारा मन्त्रबाचन गरि बुधबार एक कार्यक्रमबिच फिता काटी जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन गर्नु भएको हो ।उद्धघाटन कार्यक्रमको सम्बोधन गदैै नगर प्रमुख जैसवालले भने हाम्रो पालिकामा प्रदेशबाट ल्याएको समाग्री तिन महिनाभन्दा बढि भयो, तर ल्याबको समाग्री किन सन्चालन आएन भन्ने धेरै गुनासो पनि आयो ,हो सहि भन्नु भयो तिन महिना अघि हुने कार्य अहिले भईरहेको हो कारण नगरपालिकामा दैनिकी तोडफोड,नगरपालिका घेराउ जस्ता कार्यले ढिलो भएको बताउनु भयो । प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशाला समाजिक बिकास मन्त्रालय र गरुडा नगरपालिकाको सहकार्य भई उद्धघाटन भएको जनस्वास्थ्य प्रयोगशालाले नगरबासिको हकमा चेकजाँच हुने बताउनु भयो । यस प्रयोगशालामा मधेश प्रदेश सरकार र गरुडा नगरपालिकाको करिब ४४ लाखको लागतमा चेकजाँच गर्ने मेसिन तथा यसमा प्रयोग हुने ५१ प्रकारका समाग्रीहरु ल्याएको बताउनु भयो । यस प्रयोगशालाको उद्धघाटन भएपछि हाम्रो नगरबासिलाई गौर,चन्द्रपुर ,बिरगंज,काठमाडौँ र जनकपुर जस्ता सहरहरुमा जानु पर्ने बाध्यता हटने नगर प्रमुख जैसवालले बताउनु भयो । यस प्रयोगशालाबाट हाम्रो नगरको गरिब,दिनदुखि ,असाहाय तथा निम्न वर्ग भएका मानिसहरुले कम खर्चमा र समयको बचत गरि उपचार तथा चेकजाँच गराउन सक्ने भएको हो । यस प्रयोगशालाबाट ६२ प्रकारका रोगहरुको चेकजाँच हुने नगर प्रमुख जैसवालले बताउनु भयो ।उद्धघाटन भएपछि ग्रामिन भेगका बासिन्दाहरु लाभान्वित हुने भएको हो । थाईराईड बाहेक यस लैबमा सबै प्रकारका चेकजाँच गर्ने नगर प्रमुख जैसवालले बताउनु भयो ।हाम्रो नगरपालिकामा छिटो भन्दा छिटो एमबिबिएस डाक्टर राखेर बिभिन्न रोगहरुको उपचार गराउने तथा कुकुर,स्याल र सर्पले टोकेको मानिसहरु उपचार तथा सुई लगाउने अधिकार उनीहरुको नै रहेकोले हाम्रो प्रयोगशाला उक्त भाईलहरु नराखेको बताउनु भयो ।साथसाथैै गर्भवति महिलाहरुको लागी अन्त कतै बाहिर जान नपरोस भनि हामिले यहि गरुडामा नै छिटो भन्दा छिटो बर्थिङ्ग सेन्टर बनाउने पहल गर्ने बताउनु भयो ।नगर प्रमुख जैसवालले भने तपाईहरुको सहयोग र साथ रहियो भने गरुडा नगरपालिकाको बिभिन्न ठाउँ बिकासको रौनक ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो । सोहि कार्यक्रममा वार्ड नं.५ का वडाअध्यक्ष रामबिनोद जैसावल ,नेता कलिमुल्लाह ,कौशर खान मिथिला लगायत बिभिन्न वक्ताहरुले आफ्नो–आफ्नो मन्तब्य राख्नु भएको थियो भने वार्ड नं.४ को वडाअध्यक्षको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । उद्धघाटन कार्यक्रममा वार्ड नं.१ देखि ९ सम्मका वडाअध्यक्षहरु लगायत गाउँका भद्रभलादमि बुद्धजिवि नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।