रमेश कुमार यादब
जेठ ०५,रौतहट
रौतहट जिल्लाको बलिरामपुरमा दुई कोठे भवनको शिलान्यास गरिएको हो । कटहरिया नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने बलिरामपुरमा रहेको माध्यमिक बिधालयमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालले एक कार्यक्रम बिच दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुन लागेकोे नगर प्रमुख जैसवालले जानकारी गराउनु भयो । २२ लाख ५० हजारको लागतमा दुई कोठे भवन निर्माण हुन लागेको उनले बताए ।
नगर प्रमुख जैसवालले शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै भने यस भवन निर्माणले बिधार्थीहरुलाई पठनपाठनमा थप टेवा पुग्ने बताउनु भयो । घाम ,पानि र चर्को गर्मिमा खुल्ला अकाशमुनि पठनपाठन गर्न निकै नै समस्या भईरहेको थियो । तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन निर्माणको लागी चालेको कदम एकदम सराहनिय रहेको बताउनु भयो ।शिलान्यासपछि भवन निर्माणको काम छिट्टै अगाडी बढाइने नगर प्रमुख जैसवालले बताउनु भयो । मेयर जैसवालले भने कि निर्वाचित हुनु भन्दा अघि हाम्रो नगरबासि माझ बाचा गरेका थियौ कि निर्वाचित भएपछि नगरको शिक्षा ,स्वास्थ्य ,शुद्ध खानेपानि लगायत नगर बिकासको कार्यमा एकबद्ध भएर काम गर्ने बताउनु भएको थिए ।
सोहि चुनावी प्रतिबद्धता अनुरुप वहाँ निर्वाचित भए देखि नै आफनो नगर भरि रहेको विद्यालयहरुमा पठन पाठनको ब्यवस्थापन गर्दै आईरहनु भएको छ भने शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आईरहनु भएको छ । शिक्षामा कुनै प्रकारको कमिकमजोरी भए भने कुनै पनि ब्यतिmलाई नछोडने बताउनु भयो ।शिक्षामा कसैले लापारवाहि गरियो भने त्यस्ता शिक्षक लगायत जोसुकै ब्यतिm भए त्यसलाई कार्यवाहि गर्न पछाडी नपर्ने नगर प्रमुख जैसवालले चेतावनी समेत दिनु भएको थियो । शिलान्यास कार्यक्रममा बिधालयका प्रधानाध्यापक देबेन्द्र कुमार जैसवाल ,ब्यवस्थापन समितिका अध्यक्ष शशि कपुर कुसवाहा , वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता एवम् नेपाली कांग्रेस क्षेत्र न ३ का सभापति , वडा नं. ४ का वडा सदस्य मेराजुल हक,जदुन्न दास, रामपुकार कुसवाह लगायत स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।