रौतहट जेठ ६ गते ।
रौतहट स्थित ज्यान मुद्दाका एकजना फरार अभियुक्त लाई ईलाका प्रहरी कार्यालय गरूडाले १४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फरार अभियुक्त साबिक प्रतापपुर पाल्टुवा ६ हाल गुजरा वर्डा नं ६ का बर्ष ४५ का शेख अलाउदिन रहेको प्रहरीले जनाएको छ।
उनलाई बिशेष सूचनाको आधारमा प्रहरिले गरुडा ४ बाट पक्राउ गरेको थियो । २०६६ साल पुस ८ गते राति १२ बजे साविक गबिस बगही हाल कटहरीया ६ फत्तेपुरका शेख फौजदारको श्रीमत ६५ की मजबुनिया शेखिनलाई आफ्नै भाई शेख हनिफ र भतिजा शेख एलाहुदिनले गोलि हानि हत्या गरेको थियो । जग्गाको लोभमा मामा र मामाको छोरा मिलेर ५ वटा तमसुक कागज गराई हत्या गरेको मृतकका छोरी गुलसन वर्तमानकाल दैनिकलाई बताए । हत्याको आरोपमा गुल्सनको काकाको छोरा बच्चाबाबु भन्ने शेख सराजुलको गोली हानी हत्या गरेको हनिफ र एलाहुदिनले प्रहरिमा जाहिरि दिएको थियो । शेख बच्चाबाबु अदालत बाट धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।