रौतहट । जेठ १२ गते ।
कटहरियाको नगरप्रमुख अजय प्रकाश जयसवाल द्वारा भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य शुक्रबार दिनदेखि सुरु भएको छ । दिगो समाधान चरन तीन कार्यक्रमको अन्तरगत सामुदायीक आत्म निरभर सेवा केन्द्र काठमाण्डौँ र पिपुल इन लिडको सहजिकरणमा संचालित कार्यक्रमद्धारा शुक्रबार रौतहटको कटहरिया नगरपालिकाको भूमिहीन सुकुम्बासीहरुलाई निस्सा प्रदान गरिएको हो ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकास जयसवालले आज आफ्नो चुनाबी प्रतिवद्धतालाई पुरा गर्दै वडा नम्बर ५ का भूमिहीन र सुकुम्बासीहरुलाई निस्सा बितरण गरिएको हो । कटहरिया नगरपालिकाका मेयर जयसवालका अनुसार पालिकाका सबै वडामा रहेका भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नका लागि शुक्रबार वडा नम्बर ५ बाट सुरु गरिएको तथा आइतबारदेखि वडा नम्बर १ देखि ९ सम्म निस्सा वितरण गरिने बताएका छन् ।
शुक्रबार एक कार्यक्रमका बिच मात्र ५१ जना भूमिहीन सुकुम्बासी ५१ जनालाई निस्सा कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकास जयसवाल र उप प्रमुख रिता देबि यादवको संयुक्तामा निस्सा सुकुम्बासिहरुलाई वितरण गरिएको हो । हालसम्म पालिकाका सबै वडाहरुमा ४ सय २६ जना भूमिहीन दलित र ३ सय ३ जना भूमिहीन सुकुम्बासीहरु रहेका छन् ।
सबै जनाले छिटै निस्सा पाउँने भएका छन् । यस्तै कटहरिया नगरपालिकाका उप प्रमुख रिता देवी यादवले कार्यक्रमलाइ सम्बोधन गर्दै उनले दलित तथा सुकुम्बासीहरुको लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताएकी छिन् । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने समयमा यही निस्सा देखाउनुपर्छ ।’ निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो ।
अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढिने छ ।’ विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने बताए । निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने उप प्रमुख यादवले बताए ।
निस्सा प्राप्त गर्दै गरेका वडा नम्बर ५ का सुकुम्बासी ८० वर्षीय शेख ठागा भन्छन् ‘हामी धेरै वर्षदेखि अव्यवस्थित बसोबास गर्दै आएका थियौँ, अब हामी चाँडै लालपुर्जा पाउँने आशामा बसेका छौँ । हामी लामो समयदेखि नेताहरुको भासनमा लाज पुर्जा पाउँने भाषण मात्रै सुन्दै आएका थियौँ,,’ तर अब हाम्रो मेयर अजयप्रकास जयसवालको सक्रियतामा हामीहरुले लाल पुर्जा पाउँने आशा पलाएको छ ।
सुकुम्बासीहरूले भन्ने धेरै लामो समयसम्म जग्गा नपाएका हामीहरु आज निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको आश पलाएको छ । कटहरिया नगरपालिकाका प्रमुख तथा उप प्रमुखसहित भूमि आयोगलाइ समेत धन्यावद ज्ञापन गरेकी छिन् ।
सो कार्यक्रममा कटहरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मिया धोबी, जिल्ला भूमि संस्थाका अनुप माझी, कार्यपालिका सदस्य जामुन ठाकुर, कटहरिया नगरपालिकाका भूमिहीन शखााका प्रमुख अधिकृत ओमप्रकास राम, जनप्रतिनिधि तथा वडा नम्बर ५ का सुकुम्बासीहरु लगायतको सहभागिता रहेको थियो ।