स्रोत नखुलेको रकमसहित सर्लाहीमा पाँचजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० जेष्ठ १९, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
स्रोत नखुलेको रकमसहित सर्लाहीमा पाँचजना पक्राउ

रौतहट,१९ जेठ। प्रहरीले स्रोत नखुलेको रकमसहित सर्लाहीबाट पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ मलंगवाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको मोटरसाइकल शंकाको आधारमा जाँच गर्दा लुकाई राखिएको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपैयाँसहित मोटरसाइकलमा सवार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ का २३ वर्षीय इन्द्रबहादुर कार्की, २८ वर्षीय कमल दर्लामी, ३४ वर्षीय सन्जिव तामाङ, २५ वर्षीय लेखबहादुर दर्लामी र लालबन्दी नगरपालिका–१ घर भई मलंगवाको बाबा अटो सर्भिसमा काम गर्ने ३१ वर्षीय नुरहसन साह रहेको प्रहरीले जनाएका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्रकुमार पञ्जियारले स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस