जेठ १९,रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाले लामखुट्टे मार्ने औषधी छर्ने कार्य सुरु गरेका छन । चर्को गर्मीसगै रौतहटमा लामखुट्टेको प्रकोप बढेपछि कटहरिया नगरपालिकाले आफ्नो नगरभरि लामखुट्टे मार्ने ओैषधी छर्ने कार्य शुक्रबार बार देखि सुरु गरेको छ ।
नगरपालिकाले नगरस्तरीय बजेटबाट लामखुट्टे मार्ने औषधी छर्ने काम शुरु गरेको नगरप्रमुख अजय प्रकाश जैसवालले बताउनु भयो । पहिलो दिन नगरपालिकाको वडा न .५ अन्तर्गत पर्ने कटहरिय नगरपालिकाको प्रङ्गणबाट औषधी छर्किने कार्य सुरु गरिएको छ।
नगरप्रमुख जैसवालले नगरपालिका बाट लामखुट्टे मार्ने ओैषधी छर्के पछी लामखुट्टे मार्ने अभियान सुरु भएको हो । डेल्टामेथ्रिन नामक औषधी छर्ने काम भएको उनले बताए ।
यसले उडिरहेको लामखुट्टे नष्ट गर्न र घरभित्र रहेका लामखुट्टेहरुलाई नियन्त्रण गर्न सहयोग पुग्ने जयसवालले बताउनु भयो ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको नगर प्रमुख जैसवालले बताउनु भयो । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ ।
लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(औलो मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो ।
सोहि अनुरुप हामिले आफ्नो नगरबासिको सुरक्षाको ख्याल गर्दै वार्ड १ भषेढवा देखि ९ सम्मको वार्डमा लामखुट्टे मार्ने औषधी छर्न लागेको नगर प्रमुख जैसवालले बताउनु भयो ।
वहाँले भन्नु भयो कि डेँगु रोग लाग्नबाट बच्न सबभन्दा पहिलो लामखुट्टेको टोकाईबाट बच्न आवश्यक रहेको बताउनु भयो । लामखुट्टेको प्रकोपबाट बच्न सबभन्दा पहिला हामिहरुले बसिरहेका खाल्डाखुल्डीमा जमेका दुषित फोहोर पानीलाई हटाउने ,शरिर देखि खुट्टासम्म ढाक्ने गरि लामो कपडा लगाउने ,झ्याल र ढोका बन्द गरेर राख्ने जस्ता कृयाक्लाप गर्दा लामखुट्टेको टोकाईबाट लाग्ने डेँगु रोगबाट बच्न सुझाव दिएका थिए । सो कार्यक्रममा नि. प्रमुख प्रसाशकिय अधिकृत राम प्रकाश साह,योजन प्रमुख रामनरेश साह लगायत कर्मचारी र स्थानीय हरूको सहभागिता रहेको थियो ।