रौतहट,२० जेष्ठ। मोरङ सुन्दरहरैचास्थित श्री माध्यमिक विद्यालयका लेखापाल जलेको अवस्थामा फेला परेका छन् । उनी शनिबार बिहान विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लेखापाल ४० वर्षीय मनिल ढकाल जलिरहेको अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
शौचालय भित्रबाट चिच्याएको आवाज सुनाएपछि स्थानीय घटनास्थलमा पुगेका थिए । ढकालले आफैँले आफ्नो शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । गम्भीर घाइते ढकालको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।