रौतहट ।
जेठ २० गते
रौतहट जिल्लाको गरुडामा आयोजना गरिएको पत्रकार मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको हो ।जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापरिक नगरि भनि चिनिने गरुडा नगरपालिका स्थित रहेको एन प्लाजामा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरिएको मनोज चौधरी स्मृति पत्रकारीता पुरस्कार–२०८० एक कार्यक्रमबिच धर्मेन्द्र झालाई प्रदान गरिएको हो ।नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष बिपुल पोखरेल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो । प्रमुख अतिथि समेत रहनु केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले कार्यक्रमको सम्बोधन गर्दै भने कार्यक्रमको आयोजकलाई धेरै–धेरै धन्यबाद दिदैँ मध्यभागमा अवस्थित रहेको गरुडा निवासि स्वर्गीय मनोज चौधरीले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदान कहिले नबिस्रीने रहेको बताउनु भयो ।
वहाँले यस रौतहट क्षेत्रको पत्रकारको एक ठुलो रहेको थियो । वहाँले गरेको कार्य र जनता माझ रहेको लोकप्रियता कहिले नगुम्ने बताउनु भएको थियो । वहाँको सम्झनामा आयोजना गरिएको मनोज चौधरी स्मृति पत्रकारीता पुरस्कार २०८० सदाको लागी स्मरणिय रहेको बताउनु भयो ।अर्को प्रशंगमा बोल्दै पत्रकारीता क्षेत्रमा अहिले धेरै नै बिकृति फैलिएको बताउनु भयो । त्यसकारण पत्रकारीता क्षेत्रलाई शुद्धिकरण गर्न अति आवश्यक रहेको बताउनु भयो । त्यसतै कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाले भने गरुडा निवासि मनोज चौधरीको मृत्युले सिँगो गरुडा मारमाहित भएको हो ।
एउटा कुशल निष्ठावान स्वच्छ छबि भएका पत्रकार हाम्रो ठाउँबाट गुमाउँदा पत्रकार महासंघ र गरुडालाई ठुलो क्षति भएको प्रति दुखेसो पोखेको थियो । पत्रकारीता क्षेत्रमा सत्यतथ्य समाचार संकलन गर्ने क्रममा २०७८ सालको कोभिड–१९ संक्रमणको कारण उपचारको क्रममा मृत्यु भएको थियो । पत्रकार मनोज चौधरी स्मृति पत्रकारीता पुरस्कार–२०८० कार्यक्रममा सहभागि स्वर्गिय मनोज चौधरीको श्रीमती गरूडा नगरपालिकाको उप नगर प्रमुख पुनम कुमारी चौधरी र न्युतम पारिक्षमिक निर्धारण समितिका अध्यक्ष संगिता खडका ,सदस्य रामहरी कडेल ,पुर्व केन्द्रिय सचिव शितल महतो ,राससका लेख रचना प्रमुख कृष्ण अधिकारी,केन्द्रिय सदस्य शिवपुरी ,केसि लामिछाने लगायत सयकडौँ संचारकर्मिहरुको सहभागिता रहेको थियो ।