रौतहट, ११ असार । रौहतटको देवाही गोनाही नगरपालिकाले सातौ नगरसभाद्धारा ४१ करोड ७२ लाख ८८ हजार ४ सय रुपैयाँको अनुमानित बजेट आईतबार प्रस्तुत गरेको छ । नगरपालिकाको सभाहलमा आईतबार सो बजेट प्रस्तुत भएको छ ।
देवाही गोनाही नगर प्रमुख प्रेमलाल साह कानुको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख परनिया देवी पटेलको अध्यक्षतामा भएको सातौं नगरसभाले आर्थिक वर्ष ०८०÷०८१ मा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४१ करोड ७२ लाख ८८ हजार ४ सय रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा आगामी वर्षको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
०८०÷०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख प्रेमलाल साह कानुले बताए । संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपुरक अनुदान, आन्तरिक आयलगायतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख कानुले बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्य लगायतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए । देवाही गोनाही गनरपालिकामा शान्ति पुर्वक नगरसभा भव्याताका साथ सम्पन्न भएको छ ।