रमेश कुमार यादब
असार १७,रौतहट
कटहरिया नगरपालिकाको बन्द सत्र आईतबार सम्पन भएको छ । नेपाल सरकारको नेपाल सरकारको निति नियम अनुसार असार १० गते ल्याउनु पर्ने बजेट कटहरिया नगरपालिकाले एक दिन ढिलो गरेर ल्याएका थिए । जनप्रतिनिधिहरु बिच केहि असन्तुष्टिको कारण समयमा नगरसभा भएको थिएन तर जनप्रतिनिधिहरु बिच सहमति भएपछि सोमबार सभ्य र भब्यका साथ बजेट प्रस्तुत गरेका थिए ।
नगरसभा गरिसकेपछि केहि दिनमा नै बन्द सत्र समाप्न गर्नु पर्ने नियम रहेकोले कटहरियाका नगर प्रमुख अजय प्रकाश जैसवालले सभाहलमा नगरकार्यपालिकाको सम्पुर्ण सदस्यहरु र वडाअध्यक्षहरुको सहभागितामा बन्द सत्र सभ्य र भब्यका साथ समाप्न गर्नु भएका छन । बन्द सत्रमा सहभागि भएका वडाअध्यक्ष र वडासदस्यहरुले आफ्नो–आफ्नो काम गर्ने र जनताहरुलाई कसरी बिकास गर्ने भनि छलफलको साथ बन्द सत्र सम्पन भएको नगर प्रमुख अजय प्रकाश जैसवालले बताउनु भएको थियो ।नगर प्रमुख जैसवालले भने यो बन्दसत्र पछि नगरमा बिकासको लहर आउने बताउनु भयो ।
प्रत्येक वडाअध्यक्षहरु र सदस्यहरु एकजुट भई जनताको बिकासको लागी अगाडी बढने बताउनु भयो । जनताहरुको सहयोग र साथले नगरको बिकास हर बिकास सम्भव हुने बिश्वास ब्यतm गर्नु भएको थियो । वहाँले भन्नु भयो कि जनताहरुको साथ सहयोग रहियो भने नगरमा शिक्षा,स्वास्थ्य,खानेपानि र कृषिमा बिशेष जोड दिएर कामलाई अगाडी बढाउने बताउनु भयो ।केहि दिनमै नगरको हरेक कुना कप्चा र टोलटोलमा पक्की सडक ढलान देखि लिएर बिकासको फडको मार्ने बिश्वास ब्यतm गर्नु भयो । त्यसतै गत असार १० गते कटहरिया नगरपालिकाले आर्थिक वर्ष ०८०÷८१ को आठौं नगरसभाले ४१ करोड ९६ लाख १६ हजार ३ सय बराबरको बजेट विनियोजन गरेको थियो । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले सोमबार नगरसभाको आठौं अधिवेशनमा आर्थिक वर्ष २०८०÷०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका थिए ।
कुल बजेटमध्ये संघिय शशर्त अनुदान चालु तर्फ रु १७ करोड १० लाख र पूँजीगत तर्फ १ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ८१ लाख ४४ हजार र आन्तरिक राजस्व रु १ करोड बजेट छुट्याएको छ । नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , उधोग,ब्यापार,ब्यवसाय ,पर्यटन तथा संस्कृति ,पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा ,महिला बालबालिका उत्थान ,खेलकुद,खानेपानि तथा सरफाई ,युवा ,खेलकुद तथा कला ,सडक,पुल तथा यतायात ,सुचना,सञ्चार तथा प्रबिधि लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड नगर प्रमुख जैसवालले राख्नु भएको छ ।