पवन कुमार उपाध्याय
रौतहट, २७ असार। रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.८ बसबिट्टि जिंगडिया बस्ने ५० बर्षको साह महम्मदको मृत्यु भएको छ ।
साहले आफ्नो घरमा रहेको बिधुतिय हिटरमा गाईबस्तुलाई खुवाउने कनिका पकाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर महम्मद अचेत अवस्थामा रहेको बेला वहाँको परिवारले उपचारको लागी गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको रोमा हस्पिटल ल्याएको थियो ।
हस्पिटलमा ल्याउँदा हस्पिटलका चकितस्कहरुले चेकजाँच र उपचार सम्भव नहुँदा चिकितस्कले महम्मदलाई उक्त हस्पिटलबाट रिफर गरिएको थियो । हस्पिटलबाट रिफर गर्दा परिवारहरुले थप उपचारको लागी प्रादेशिक अस्पताल गौरमा लगिएको थियो ।
त्यहाँ चेकजाँच गर्दा प्रादेशिक अस्पतालको चिकिस्तकले महम्दलाई मृत घोषणा गरिएको थियो । बिधुतिय उपकरण प्रयोग गर्दा सावधानी अपनाई प्रयोग गर्नु आवश्यक रहेको छ ।
घरमा रहेका बिधुतिय उपकरण जस्तै फ्रिज ,कुलर ,हिटर ,पंखा ,बल्व ,ईस्तरी जस्ता बिधुतिय उपकरण उपयोग गर्दा सावधानी अपनाउनु अति आवश्यक रहेको छ ।