वैदेशिक रोजगारीले युवाविहीन बन्दै रौतहट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ४, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
वैदेशिक रोजगारीले युवाविहीन बन्दै रौतहट

रौतहट ४, साउन वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै रौतहटको गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । देशमा बढ्दो बेरोजगारीका कारण रौतहटबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै गएको छ।

आर्थिक वर्ष २०७९–०८० मा जिल्ला प्रशासन कार्यालय रौतहटबाट झन्डै साढे १२ हजार युवाले राहदानी लिएका छन्। राहदानी लिन कुल १२ हजार सात सय ८४ जनाले फर्म भरेकोमा १२ हजार चार सय ५० जनाले लिएको सिडिओ धर्मेन्द्र कुमार मिश्रले बताए । राहदानी बनाउनेसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि बडेको मिश्रले बताए । 

सोही अवधिमा वंशजको आधारमा १२ हजार नौ सय ७४ तथा नौ सय नौ वैवाहिक अङ्गीकृत गरी कुल १३ हजार नौ सय ८३ जनाले नागरिकता लिएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

उता गत आर्थिक वर्षमा २३ हजार पाँच सय छौ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् भने ८६ जनाले नाबालक परिचयपत्र लिएका छन्। 

आर्थिक वर्ष २०७९-०८० मा प्रशासनिक तर्फ ३५ वटा नयाँ संस्था दर्ता, दुई सय ४१ नवीकरण, दुई हजार तीन सय पाँच जनाले मधेसी, दलित, जनजाति लगायतको सिफारिस र चार वटा नयाँ पत्रपत्रिका दर्ता भएको छ।

सोही अवधिमा जिल्ला प्रशासन कार्यालयमा कुल दुई सय ४७ सार्वजनिक अपराध तथा शान्ति सुरक्षा सम्बन्धी मुद्दा दर्ता भएकोमा एक सय ७१ मुद्दा फर्छौंट भइसकेको तथा ७६ मुद्दा कार्वाहीको प्रक्रियामा रहेको नायब सुब्बा रामनरेश साहले जानकारी दिएका छन्।

त्यसैगरी गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न स्रोत बाट झन्डै सात करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस