प्रभु साहलाई पक्राउ गर्न माग गर्दै ,६ दल द्वारा प्रजिअ मिश्रलाई ज्ञापन पत्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ९, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
प्रभु साहलाई पक्राउ गर्न माग गर्दै ,६ दल द्वारा प्रजिअ मिश्रलाई ज्ञापन पत्र

पवन कुमार उपाध्याय

रौतहट,०९ साउन। रौतहटमा प्रभु साहलाई पक्राउ गर्न माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाइएको छ ।

पुर्व प्रदेश सभासद रामकिशोर यादवको संयोजकत्वमा गठन गरिएको २१ सदस्यीय संघर्ष समितिले प्रभु साहलाई कारवाहीको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको हो । १७ बर्ष अगाडी भएको गौर हत्याकाण्डको मुख्या योजनाकार नै प्रभु साह भएको ठहर गर्दै साहलाई पक्राउ गर्नु पर्ने माग गरेका छन ।

साहमाथी विश्वहिन्दु परिषद विरञ्जका अध्यक्ष काशीराम तिवारी हत्याकाण्ड अभियोग मुद्दा दर्ता गरिएपनि महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिइएको थियो । मंगलबार नेपाली काग्रेससहित ६ दलको संयुक्त मोर्चाले विशाल जुलुससहित जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको संयोजक राम किशोर यादवले बताउनु भयो । मोर्चाले सांसद साहले समाजमा पुन द्धन्द फैलाउन खोजेको आरोप लगाउदै उहाले गर्नु भएको हत्या काण्डको फाइल खोल्नु पर्ने माग समेत मोर्चाले गरेको छ ।

गौर राइस मिल घटनामा २७ जना मध्ये २० जनाभन्दा बढी जिल्ला बाहिरका वाइसिएल मारिएका थिए । प्रभु साहले मुलुकमा द्धन्द समाधान भइसकेको अबस्थामा गौर राइस मिल काण्ड ब्युताएर आफुले चर्चा बटुल्न खोजेको मोर्चाले आरोप लगाएको छ । गत हप्ता मात्र आम जनता पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै गौरमा विशाल प्रदर्शन गरेको थियो ।

त्यसको विपक्षमा ६ दलिय गठबन्धनले पनि मंगलबार प्रदर्शन गरेको छ । राम किशोर यादवको नेतृत्वमा गठित संघर्ष समितिमा नेकपा एमाले सहभागी छैन । सो संघर्ष समितिमा नेपाली काग्रेस , जसपा , नेकपा एस , लोसपा , जनमत र माओवादी केन्द्रले सहभागी जनाएका छन । प्रभु साहले गौर हत्याकाण्डको नाममा चलाएको अभियानले उपेन्द्र यादवलाई अप्ठ्यारो परेपछि त्यसको विरुद्धमा ६ दलले मोर्चा बनाई मंगलबार प्रदर्शन गरेको हो । सांसद प्रभु साहको निर्वाचन क्षेत्रमा निकै लोकप्रिय रहेका छन ।

तर साहको गौरमा पकट नभएको बताइएको छ । माओवादी द्धन्दका समयमा गौरमा माओवादीले गरेको अधिकांश हत्यामा साहको प्रत्यक्ष संलग्नता रहेको धेरैको कथन रहेको छ । जबसम्म प्रभु साहले गौर राइस मिलको हत्याकाण्ड घटनालाई नचर्काउने प्रतिबद्धता सार्वजनिक रुपमा व्यक्त गर्दैनन तबसम्म आफ्नो संघर्षका कार्यक्रमहरु जारी रहने संयोजक यादवले बताउनु भएको छ । पहिलो चरणमा शान्तिपुर्ण ढंगले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको बताउनु भयो । प्रशासनले साहमाथी हत्या अभियोगका फाइलहरु नखोले सशक्त आन्दोलन गर्ने मोर्चाका संयोजक यादवको भनाइ रहेको छ ।

सो संघर्ष समितिमा सुनिल कुमार यादव सभापति नेपाली काग्रेस , रामचन्द्र गिरी सचिव नेपाली काग्रेस , विरेन्द्र पाण्डेय प्रदेश सदस्य नेकपा माओवादी केन्द्र , श्याम बिहारी यादव जिल्ला अध्यक्ष जसपा , योगेन्द्र यादव केन्द्रिय सदस्य , अशोक कुमारी सिंह केन्द्रिय सदस्य जनमत पार्टी , कमल प्रसाद यादव जिल्ला अध्यक्ष नेकपा एस ,अवधेश प्रसाद यादव नेकपा एस , वृज किशोर यादव नेकपा एस , रेवन्द झा , नेकपा एस , रामेश्वर प्रसाद यादव , बाबुलाल साह कानु पुर्व प्रदेश सांसद लोसपा , अनिल कुमार सिंह लोसपा , शेष जमशैद लोसपा , अमर प्रसाद यादव , मोहन कुमार यादव नगर सभापति नेपाली काग्रेस गौर , जगरनाथ प्रसाद केसरी नागरिक समाज , धर्मेन्द्र प्रसाद यादव नगर अध्यक्ष नेपाली काग्रेस राजदेवी नगरपालिका , शंकर राय यादव समितिमा रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस