महोत्तरीको एनएमबी बैंक लुटपाट घटनामा संलग्न एक भारतीय युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ११, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
महोत्तरीको एनएमबी बैंक लुटपाट घटनामा संलग्न एक भारतीय युवक पक्राउ

रौतहट, ११ साउन। महोत्तरी गाउँपालिका–२ मा रहेकाे एनएमबी बैंकमा भएकाे लुटपाटकाे घटनामा संलग्न रहेकाे आराेपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेकाे छ।

गएकाे जेठ १६ गते एनएमबी बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएकाे घटनामा संलग्न रहेकाे आराेपमा भारत विहार मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन् ।

चार/पाँच जनाकाे समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटपाट गरेकाे थियाे । साफीलाई बुधवार हिजाे बेलुका मटिहानी नगरपालिका–८ नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनु भयाे ।

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस