पवन कुमार उपाध्याय
रौतहट,१५ साउन । रौतहटको राजदेवी नगरपालिकामा दुई वटा निर्माण कार्यको एकै पटक शिलान्यास गरिएको हो ।
जिल्लाको राजदेवी नगरपालिकाको श्री माध्यमिक विधालय पथरामा दुई कोठे भवन र सरस्वति माताको मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको हो । बिधालय ब्यवस्थापन समितिको अध्यक्ष प्रभु राय यादबको अध्यक्षतामा सोमबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेश प्रसाद यादव रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादव रहनु भएको थियो ।
सोमबार एक कार्यक्रमको बिच पुरोहितद्धारा मन्त्रबाचन गरि प्रमुख अतिथि माननिय मन्त्री यादबद्धारा उक्त विधालयको दुइ कोठे भवन र सरस्वती माताको मन्दिर निर्माण कार्यको बिधिवतरुपमा शिलन्यास गर्नु भएको थियो । शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै शिक्षा तथा समाज कल्याण मन्त्री माननिय महेश यादबले भने बिधालयमा बिधार्थीहरुको पठनपाठन गर्नमा अति नै समस्या भईरहेको कारण बिधालयमा दुई कोठे भवनको शिलान्यस गरिएको बताउनु भएको थियो ।
भवनको अभावले बिधार्थीहरुलाई पठनपाठन गर्न निकै नै समस्या भईरहेको थियो । भवनको अभावले अकाशको खुल्ला चौरमा र चर्को घाममा बसि पढन समस्याको मध्यनजर गर्दै उक्त भवनको शिलान्यास गरिएको बताउनु भयो । बिधालयमा दुई कोठे भवन निर्माण भएपछि बिधार्थीहरुलाई पठनपाठन गर्न सजिलो हुने घाम,पानीबाट सुरक्षित हुने बताउनु भयो ।
त्यसतै कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएका नगरपालिकाको नगर प्रमुख भिखारी राय यादबले बिधालयमा भवन निर्माणदेखि बिधाकी देवी सरस्वती माताको मन्दिर निर्माणले बिधार्थी भाई बहिनीहरुलाई थप टेवा पु्ग्ने बताउनु भयो । बिधालयमा भवन निर्माणले बिधार्थीहरुलाई पठनपाठनमा थप सहयोग मिल्ने बताउनु भयो ।त्यसतै बिधाकी देवी माता सरस्वतीको मन्दिर बिधालय अगाडी निर्माणले सबै बिधार्थीहरुलाई बिधा प्रदान गर्ने र पुजापाठ गर्नमा सहयोग मिल्ने बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगरपालिकाको नगर उपप्रमुख राजकुमारी देवि, जनमत पार्टीको केन्द्रीय सदस्य तथा राजदेवी नगरपालिकाको नगर प्रमुख प्रत्याशी अशोक कुमार सिंह, जसपाको केन्द्रीय सदस्य बिकास कुमार यादव, पर्यवेक्षक विपिन यादव, जसपा नेता शिवशरण यादव,विधालयका शिक्षक , बिद्यार्थी र बिद्यार्थीहरुका अभिवावक, शुभचिंतक , शिक्षा प्रेमि , बुद्धिजीवी तथा पत्रकार ज्युहरुको समेत सहभागिता रहेको थियो।