केदारनाथ पहिरोमा बेपत्ता जुम्लाका ११ जनाको परिचय खुल्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २१, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
केदारनाथ पहिरोमा बेपत्ता जुम्लाका ११ जनाको परिचय खुल्यो

रौतहट,२१ साउन । भारतको उत्तराखण्डस्थित केदारनाथको गौरीकुण्डमा आएको पहिरोमा परी बेपत्ता भएका जुम्लाका ११ जनाको पहिचान खुलेको छ।

पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका ७ जना सहित पातारासीका ११ जना बेपत्ता भएको जानकारी प्राप्त भएको हो। त्यसैगरी पातारासी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी चौकीका अनुसार बेपत्ता भएका व्यक्तिहरूमध्ये जुम्ला पातारासी गाउँपालिका–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी छन्।

सोही गाउँका ३० वर्षीय अमर बोहरा, उनकी श्रीमती अनिता बोहरा, छोरीहरू सलिता बोहरा (११ वर्षीया)‚ पिंकी बोहरा (९ वर्षीया), प्रीति बोहरा (७ वर्षीया), छोराहरू जटिल बोहरा (४ वर्षीय) र ओकिल बोहरा (२ वर्षीय) छन्।प्रहरीका अनुसार पातारासी–३ का ३८ वर्षीय बम बोहरा, ४६ वर्षीय सुकराम रावत छन्।त्यस्तै उनीहरू बेपत्ता भई मृत्यु भएको आफन्तहरूले जानकारी दिएका प्रहरीले जनाएको छ।

प्रहरीको तथ्यांकअनुसार उनीहरू बेपत्ता भएको भारतमा रहेका चन्द्र बुढा, फूलमाया बुढा, प्रकाश कामी, शुक कामी, निरु रावत र खर्क बोहराले टेलिफोनबाट जानकारी गराएका प्रहरीले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि निरन्तर घटनाको बारेमा बुझ्ने काम भएको बताए। यो वर्ष पातारासीले त्यो दुःखद घटना सहित मुगु र हुम्लाको पाटनमा हिम पहिरोमा गरी ३ जना बेपत्ता भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस