राैतहटमा डुबेकाे ब्यक्तिलाई प्रहरीद्वारा उद्दार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २३, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
राैतहटमा डुबेकाे ब्यक्तिलाई प्रहरीद्वारा उद्दार

रौतहट,२३ साउन। रौतहटमा अविरल बर्षापछि आएको बाढीमा डुबेको एक ब्यक्तिलाई प्रहरीले उद्दार गरेको छ ।

मंगलबार रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८ बुनियाद गाउमा लालबकैया नदी प्रबेश गरि गाउँ नै डुवानमा परेको छ ।

सो गाउमा करिव ५० र ५५ घरधुरी रहेको र सबै घरहरु डुवानमा परेको प्रहरी निरिक्षक अरविन्द कुमार साहले जानकारी दिएको छ ।

सोही क्रममा सोही स्थानका ६५ बर्षका लाल बहादुर चौधरी डुवानमा परेको अबस्थामा स्थानियहरुको सहयोग र प्रहरीको सहयोगमा चौधरीलाई सकुशल उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानियले बिहान १० , ३० बजे गाउँ डुवानमा परेको जानकारी दिनासाथ साहको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस