धनुषामा श्रीमान् श्रीमती बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २३, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
धनुषामा श्रीमान् श्रीमती बेपत्ता

रौतहट,२३ साउन।  कमला नदीले बगाएर धनुषामा  श्रीमान् श्रीमती बेपत्ता भएको छ । 

नदीमा दाउरा टिप्ने क्रममा नदीले बगाउँदा गणेशमान चारनाथ नगरपालिका वडा नं.७ टरियाका साजन परियार र उनकी श्रीमती माया परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ । 

कमला नदीको ब्यारेजबाट दिउँसो १ बजेको समयमा खोलाले बगाउँदा बेपत्ता उनीहरू अझै नभेटिएको गौतमको भनाइ छ । प्रहरीले उनीहरूको उद्धार कार्य जारी रहेको जनाएको छ । 

उनीहरूको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली लागेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस