रमेश कुमार यादब
श्रावण २४,रौतहट
रौतहटको बृन्दावन नगरपालिका अन्तर्गत रहेका अबैध क्रसर उधोगहरुलाई बन्द गर्न भन्दै ज्ञापनपत्र बुझाएका छन ।
बृन्दावन नगरपालिकाको नगर संयोजक राकेश साहको अध्यक्षतामा नगरमा रहेको अबैध क्रसर उधोगहरुको आतंकले नजिकै रहेको गाउँबस्तिका मानिसहरुलाई जिवनयापन गर्न समस्या परेको हुनाले त्यस्ता क्रसर उधोगहरुलाई बन्द गर्न भनी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख प्रशासकिय अधिकृत मणिभुषण साहलाई ज्ञापनपत्र बुझाएका छन । बृन्दावन नगरपालिकाको पुर्वमा पर्ने बागमती किनार नजिकै अबैधरुपमा संन्चालनमा रहेका क्रसर उधोगहरु नेपाल सरकारले निर्धारण गरिएको मापदण्ड बिपरित ढुङ्गा ,गिट्टी र बालुवा उत्खनन गरि नेपाल सरकारको राजश्व समेत दोहन गरिरहेको छ । त्यति मात्र नभएर क्रसर उधोगबाट चल्ने टिपरबाट नगरवासिहरुलाई समेत जोखिमपूर्ण जीवन बिताउन बाध्य बनाएको कुरा सबैलाई अवगत नै छ ।
नगरभित्र दर्जनौ अबैध क्रसर उधोगहरु रहेको हुँदा पनि सम्बन्धित निकायले नियन्त्रण गर्न कुनै चासो नदिएको प्रती आपत्ति समेत जनाएको थियो ।जसमध्ये बृन्दावन नगरपालिकाको वार्ड नं.१ रमौली घाट अन्तर्गत रहेको शिवम बालुवा प्रसोधन क्रसर उधोग र संकटमोचन क्रसर उधोगहरुले वागमती नदिको किनारमा बसेर आफ्नो मनोपली ढंगले ढुङा, गिट्टी र बालुवा निकाली पहाड जस्तो स्टोक गरि राख्ने र सोही नदिजन्य समाग्रीलाई अन्य ठाउँमा बेच्न गाउँको बिच बस्तिबाट टिपर चलाउने कार्यले वायु पदूषण ,ध्वनि प्रदुषण लगायत स-साना बालबालिकाहरुलाई पठन पाठनमा समस्या पर्नुको साथै टिपरको आतंकबाट गाउँ समाजका साना-साना बालबालिकाहरुमा थप जोखिम रहेको हुँदा त्यस्ता मापदण्ड बिपरित रहेको क्रसर उधोगलाई तत्काल बन्द गर्न भन्दै बृन्दावन नगरपालिकाको नगर संयोजक साहद्वारा हस्ताक्षरित बिज्ञयपती जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख प्रशासकीय अधिकृत साहलाई ज्ञापनपत्र बुझाएको नेकपा एमालेको क्षेत्रीय ईन्चार्ज तथा मेयर प्रत्याशी क.प्रेमशंकर यादवले जानकारी दिएको छ ।
अबैध क्रसर उधोगले सरकारको राजश्व चुहावट गर्नुको साथै क्रसर उधोगबाट चल्ने टिपरको आतंकले गाउबस्तिमा त्रास समेत मचाएको कारण यस्ता अबैध क्रसर उधोगलाई बन्द गर्न समेत जोडदार माग गरेका थिए ।यदि यस्ता क्रसर उधोगहरुलाई तत्काल बन्द गर्न सम्बन्धित निकायले कुनै पहल गरेनौ भने बाध्य भएर चरणबद्ध आन्दोलन गर्ने नेकपा एमालेको क्षेत्रीय ईन्चार्ज तथा मेयर प्रत्याशी यादवले चेतावनी समेत दिएका छ्न ।ज्ञापनपत्रमा बृन्दावन नगरपालिकाको वार्ड नं.४को वडाप्रत्याशी युवा नेता रामकल्याण यादब,पुर्वमेयर अजय प्रसाद गुप्ता लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।