सिरहाका मिटरब्याज कारोबारी सुजाता साह प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २५, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
सिरहाका मिटरब्याज कारोबारी सुजाता साह प्रहरी नियन्त्रणमा

रौतहट,२५साउन । सिरहामा मिटरब्याज कारोबारी एक जना मिटरब्याजी पक्राउ परेकी छन् ।

मिर्चैया नगरपालिका ६ की ३५ बर्सिया मिटरब्याजी सुजाता साहलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिएको छ।

उनका अनुसार ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रहरी उपरीक्षक लिम्बुले जनाएको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस