कुवामा डुबेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २५, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
कुवामा डुबेर एक जनाको मृत्यु

रौतहट,२५ साउन। चुरेभेगमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, अड्डी कुवामा डुबेर एक जनाको मृत्यु भएको छ। 

विकट चुरेभेगस्थित अड्डीका वीर गुप्ते मुक्तानको घरमा आएका सिन्धुलीको कमलामाई नगरपालिका–८ बस्ने २६ वर्षीय प्रशान्त पाख्रिनको कुवामा डुबेर मृत्यु भएको हो। 

आफन्त मुक्तानको घरदेखि करिब सय मिटर दुरीमा रहेको कुवामा पानी खान गएका बेला प्रशान्तको सोही कुवामा डुबेर मृत्यु भएको हो। 

धेरैबेरसम्म पनि फर्किएर नआएपछि खोज्दै जाँदा प्रशान्तलाई कुवाभित्र मृत फेला पारिएको स्थानीयले बताएका छन्। मृतक युवक छारे रोगको बिरामी भएको बताइएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस