रूपेश यादव
राैतहट साउन २५गते
ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे आर्थिक सहयोग तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालकाे प्राबिधिक सहयाेग र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित वडा बाल अधिकार समिति कार्यक्रम बिहीबारका दिन समपन्न भएकाे छ ।
बिहिवारका दिन जिल्लाकाे मध्य भाग गरूडामा रहेको नबिन गेष्ट हाउसमा कार्यक्रमकाे आयोजना बाेलाईकाे थियो।
प्रमुख अतिथी ग्रामिण बिकाश केन्द्र नेपाल राैतहट की काेषाध्यक्ष ममता झा रहेकि थिन।
वडा नं ८ मा याेगेन्द्र प्रसाद महताे काे अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बाल अधिकार समिति गठन गरिएकाे छ।
त्यस्तै वडा नं ३ मा राजकुमार राय यादवकाे अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ।
कार्यक्रममा बाल अधिकार भनेको के हाे, बालअधिकार काे काम,कर्तव्य , बालबालिका संग परामर्श तथा छलफल र अहिले समाजमा भैरहेको बालश्रम, बालबिवाह,बेचबिखन ओसारपसार ,बालबालिका बिरूद्ध हुने हिंसा ,दुर्ववहार ,शाेषन, बाल संरक्षणका लागी समस्याकाे बारेमा छलफल भएकाे हाे।
सहजिकरणकाे रूपमा सुमन अधिकारीले पनि प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कार्यक्रम संयाेजक श्रीलाल सरदार , सि, एफ, एल,जि वर्ल्ड भिजन बाट बल्ला खड्का , बिनाेद कुमार दास, वडा अध्यक्षहरू , बालबालिकाहरू , वडा सचिवहरू, अभिभावकहरू, जनप्रतिनिधिहररू, संचारकर्मिकाे समेत सहभागितामा कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाे हाे ।