पवन कुमार उपाध्याय
रौतहट, २९ साउन । रौतहट जिल्लाको गढीमाई नगरपालिकाको नवौं नगर सभा तथा दोस्रो कार्यकालको दोस्रो नगरसभा सोमबार सभ्य एवं भब्य रुपमा सम्पन भएको छ । गढीमाई नगर स्वच्छ सफा र समृद्ध शहर ” भन्ने मुल नाराका साथ नगर कार्यपालिकाको सभा हलमा नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा नवौं नगर सभा कार्यक्रम सम्पन्न भएको हो ।
सो सभा हलमा राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । नगर सभाका सभाअध्यक्ष तथा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले गढीमाई नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।
उक्त कार्यक्रममा नगर प्रमुख यादवले आगामी आर्थिक वर्षका लागि ५३ करोड १५ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। जस मध्ये चालु तर्फ ३७ करोड़ ७२ लाख ४७ हजार चार सय रुपैयाँको बजेट पारित गरिएको हो भन्ने पुँजीगत तर्फ १५ करोड ४३ लाख ३७ हजार नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले वर्तमानकाल दैनिकलाई जानकारी दिए ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित १२ करोड ५० लाख रुपैयाँ घटी बजेट पारित गरिएको हो। आन्तरिक राजश्व तर्फ ६ करोड , शसर्त अनुदान तर्फ ३ करोड, समानीकरण तर्फ २ करोड , राजश्व वाडफाट तर्फ ५० लाख , मालपोत रोयालिटी तर्फ ५० लाख र राजश्व वाडफाट प्रदेश तर्फ ५० लाख घटी बजेट आएको लेखा प्रमुख कामेश्वर सहनीले जनकारी दिनु भयो ।