रौतहट,३१ साउन। रौतहटको चन्द्रनिगाहपुरका एक युवाले गएराती आत्माहत्या गरेका छन ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ कप्तान टोलका एक युवा राजावादी प्रकाश नामले परिचित प्रकाश फुयालले आफ्नै घरमा घाटीमा पासो लगाएर आत्माहत्या गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मंगलबार राती अन्दाजी १२ बजेको समयमा घरका सदस्यहरु सुतिसकेको अबस्थामा घर बाहिर ढोका अगाडी बलेसीमा डोरीको पासो लगाई आत्माहत्या गरेको स्थानिय अबि गौतले बताउनु भयो । पछिल्लो समयमा चन्द्रपुरमा आत्माहत्या गर्ने युवाहरुको संख्या बढ्दै गएको छ । आत्माहत्या गर्नेहरुमा मुलुकप्रति चिन्ता गर्ने मुलुकलाई समृद्ध बनाउन लागी पर्नेहरु नै रहेका छन ।
पछिल्लो समय मुलुकमा आर्थिक संकट , बेरोजगारी , भ्रष्टचार लगायत सामाजिक , सांस्कृतिक बेतिथिले युवाहरुमा डिप्रेसन , मानसिक तनावले आत्माहत्या नै अन्तिम विकल्प रोज्न पुगेको स्थानिय विश्लेषकहरुले बताएका छन ।
मानिसमा विभिन्न किसिमका समस्याहरुले डिप्रेसन , मानसकि तनावबाट हुन सक्ने जोखिम र यसबाट बच्ने उपायहरुबारे उपलब्धिमुलक कार्यक्रमहरु स्थानिय , प्रदेश र संघिय सरकारले योजनाहरु गाउगाउ ल्याउनु पर्ने उनीहरुले तर्क गर्न थालेका छन ।