रौतहट,३१ साउन । रौतहट जिल्लाको राजपुरबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका वडा नं–५ राजपुरफरहदवा टोल बस्ने ३८ बर्षीय रंजीत साह तेली रहेका छन् ।
बिभिन्न अपराधका फरार अपराधिहरुलाई पक्राउ गर्ने योजना अनुरुप जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले साहलाई आईतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएको छ।
जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी साहलाई आईतवार साँझ राजपुर स्थित उनको आफ्नै होटेलबाट पक्राउ गरेका प्रहरीले उनलाई मंगलबार सार्वजनिक गरेको हो ।