रूपेश कुमार यादव
रौतहट,३१ साउन । नगर बाल अधिकार समिति , ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे आर्थिक सहयोग तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालकाे प्राबिधिक सहयाेग र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित बालबालिकाकाे लागि आवधिक लगानी याेजना निर्माण सम्बन्धि २ दिने कार्यशाला गाेष्टी सम्पन्न भएकाे छ ।
मंगलबार र बुधबार दुई दिन जिल्लाकाे मध्य भाग गरूडामा रहेको हाेटल ए एन प्लाजामा कार्यक्रमकाे आयोजना बाेलाईएकाे थिए । प्रमुख अतिथी माधवनरायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव ( बैजु) ले रहेका थिए।
बिशिस्ट अतिथि उप मेयर निर्माला देवि रमण रहेका थिईन। कार्यक्रममा बाल मैत्रि स्थानीय शासन बाल अधिकार संरक्षण र सम्बर्द्धनका बिषयमा अन्तर्राष्ट्रिय , राष्ट्रिय र स्थानीय स्तरमा भएका प्रयासहरू कानुन व्यवस्थाहरू र दिर्घकालिन साेच ,लक्ष्य उदेश्य रणनीति तथा कार्यनिति र बाल मैत्रि लगाएका बिषयहरूमा छलफल गरेका थिए ।
सहजिकरणकाे रूपमा सुमन अधिकारीले र दयालाल चाैधरी पनि प्रशिक्षण दिएका थिए । कार्यक्रममा शिक्षा संयाेजक रामजी राय यादव ,स्वास्थ्यकर्मीहरू,वडा अध्यक्षहरू ,बालबालिकाहरू र संस्थाकाकर्मचारीहरू आल्या अंसारी , बिनाेद दास , र संचारकर्मिकाे उपस्थिती रहेका थिए।