रौतहटमा फेला परेको शवको पहिचान खुल्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ३१, बुधबार (२ साल अघि)
  • ६ पटक पढिएको
रौतहटमा फेला परेको शवको पहिचान खुल्यो

पवन कुमार उपाध्याय

रौतहट,३१ साउन। रौतहट जिल्लाको कटहरिया नगरपालिका -८ मा फेला परेको शवको पहिचान खुलेको छ ।

बुधबार विहान ७ बजे पोखरियाबाट बलुवा जाने बाटो छेउमा फेला परेको शव कटहरिया नगरपालिका –९ डुमरिया निवासी बुनिलाल माझीको छोरा २० वर्षीय तिमन भन्ने राम अनंदी माझी रहेको ईलाका प्रहरी कार्यलय गरुडाले जानकारी दिएको छ ।

शवको मचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको ईलाका प्रहरी कार्यलय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस