रमेश कुमार यादब
भदौ ०१,रौतहट
रौतहट जिल्लाको कटहरियाबाट प्रकाशित हुने बज्जिकाञ्चल दैनिक पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन भएको छ। बज्जिकाञ्चल दैनिक पत्रीकाको प्रकाशक राजु कुमार श्रीवास्तवको अध्यक्षतामा कटहरिया नगरपालिका स्थित रहेको बिवाह मण्डप भवनमा आयोजना गरिएको बज्जिकाञ्चल दैनिक पत्रीका तेस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन भएको छ ।
तेस्रो वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथी कटहरिया नगरपालिकाको नगर उप–प्रमुख रिता देबि यादब रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथी देवाहिगोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साह कानु रहनु भएको थियो ।बज्जिकाको साहित्यकार रेणु गुप्ताले स्वागत मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तब्य राख्दै गुप्ताले बाज्जिका भाषा हाम्रो मातृ भाषा रहेको कारण यसलाई बचाउन आवश्यक रहेको बताउनु भएको थियो । शिक्षक संजय साह मित्रले दोस्रो बर्ष पार गरि तेस्रो बर्षमा प्रबेश गरेको बाज्जिकाञ्चल दैनिक पत्रिकालाई धन्यबाद दिदै भने कटहरियाबाट बाज्जिका भाषामा प्रकाशित हुने रौतहटको एक मात्र पत्रिका रहेको छ । वहाँले भने कि मधेश प्रदेशमा बोल्ने अन्य भाषाहरु मध्येबाट भोजपुरी भाषा भन्दा अगाडी बज्जिका भाषा रहेको पनि जिकिर गर्नु भएको थियो । वहाँले भने २०७८ सालको जनगणनामा हाम्रो मधेश प्रदेशमा बाज्जिका बोल्ने भाषाको संख्या ११ लाख भन्दा बढी रहेको समेत दावी गर्नु भएको थियो । त्यसमा पनि रौतहट सबभन्दा सबभन्दा अगाडी र सर्लाहि दोस्रो स्थानमा रहेको समेत बताउनु भएको थियो । शिक्षक साहको अनुसार मधेश प्रदेशको अधिकाशं जिल्लामा हाम्रो बाज्जिाका भाषा बोल्ने गरेको समेत जानकारी दिनु भयो ।आउँदो दिनमा हाम्रो बाज्जिका भाषा अरु भाषा भन्दा अगाडी रहने दावी समेत गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर उप–प्रमुख रिता देवी यादबले यो बाज्जिका भाषामा हाम्रै नगरपालिकाबाट प्रकाशित हुने पत्रिकालाई संरक्षण गर्न सबैजनालाई हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
यो पत्रिकालाई आफुबाट हुने सम्पुर्ण लगायत पालिकाबाट हुने सहयोग समेत गर्ने आश्वासन समेत दिनु भएकी थिईन् । सो कार्यक्रममा मौलापुर एफएमका समाचारबाचक सागर ठाकुर ,पत्रकार दिपेन्द्र रजक ,रामप्रबेश बैठाले आफ्नो मन्तब्य समेत राख्नु भएका थिए भने मधेश जनअवाज एफएमका समाचार बाचक एवम् रिपोर्टस रमेश कुमार यादब ,हनुमत यादब ,नागरिक समाज ,बुद्धजिवि ,भद्रभलादमी मानिसहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।