रौतहट,०३ भदौ। रौतहटको धरोहर श्री राम सुगर मिल्स लिमिटेड संचालन सम्बन्धी बृहत किसान आम सभा कार्यक्रम शनिवार सम्पन्न भएको छ । उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अध्यक्षतामा बसेको बैठकमा विभिन्न दलका संबिय सांसद प्रदेश सांसद नगर प्रमुख वरिष्ट ब्यक्तिको उपस्थितिमा श्री राम सुगर मिल्स महम्दपुर गरुडामा संचालन सम्बन्धी बृहत किसान आम सभाको समिलित ब्यक्तिको छलफलले मिल्स संचालन गराउनका लागी उपस्थित सबै दलका नेताहरुले निर्णय गरेका छन ।
रौतहटमा ठुलो उद्योगको रुपमा रहेको एकमात्र श्रीराम सुगर मिल्स लिमिटेड गरुडाको मेसिन बिक्री गरी जग्गा पल्टिड्ग गरेर महगो मुल्यमा जग्गा वेच्ने दाउमा रहेको आरोप नेताहरुले लगाए ।
उद्योगलाई संरक्षण गरेर गरुडामा आयोजित सभाका प्रमुख अतिथि तथा नेपाली काँग्रेसबाट संघिय सांसद देवप्रसाद तिमलसिनाले सबै राजनिति दलले मिलेर उद्योग बचाउन नसके स्व. गिरिजाप्रसाद प्रसाद कोईरालाको आत्माले सरापने बताए ।
तत्कालीन मन्त्री स्वर्गीय शेख ईद्रिसको अनुरोघमा गिरिजाबाबुले रौतहटमा ठुलो उद्योगको नाममा श्रीराम सुगर मिल्स स्थापना गराए । स्वंय गिरजाबाबुले उदघाटन गर्नु भएको यो उद्योग यहि सञ्चालनमा पुनः आउने प्रतिवद्वता समेत उनले गरे । जनता भन्दा ठुलो किसान भन्दा ठुलो कानुन हुदैन भन्दै यो उद्योग को भुमि उद्योग संचालन मै प्रयोग हुन्छ । यसलाई बेचेर खर्बपति हुने सपना त्यागन मिल सञ्चालकलाई सचेत समेत गराए ।
संघिय सांसद किरण साहले सदन सडक दुबै ठाउमा संघर्ष गर्न तयार रहेको बताए । यो उद्योग सबै किसानको मुटुको रुपमा रहेको सासद साहले बताए । कसैलाई प्रलोभनमा नपर्न आग्रह समेत गरे । मधेसको साथ सरकारले विभेद गरेको आरोप लगाए । मन्त्रीलाई पैसा दिएर उद्योग माथि गिद्धे नजर चिनिमिलमा लगाएका हुँदा यहाँ स्थानीयहरुले निगरानी तथा खबरदारी गर्नुपर्ने बताए । श्रीराम सुगर मिल्सलाई यथास्थानमा नै संचालनमा ल्याउनका लागि आफू सदनमा खबरदारी गर्न तयार रहेको प्रतिवद्वता सासद साहले गरेका छन ।
नेकपा एसका स्थायी कमिटी सदस्य पुर्वमन्त्री डा.वंशीधर मिश्रले चिनिमिललाई बचाउन संघर्षको अलावा कुनै उपाय नरहेको सुझाव दिए । नेकपा एसका स्थायी कमिटी सदस्य पुर्व सासद रामकुमार भट्टाराईले उद्योग नास गरेर ८० विगहा जग्गा पल्टिड्ग गरी बेच्ने सपना देखेका गोल्छा समुहको सपना पूरा नहुने चेतावनी दिए ।
किसान उद्योग सञ्चालनका लागि जग्गा दिएको हो । उद्योग यहाबाट गएपनि यो जग्गा नेपाल सरकारको भई जाने उनले दाबी गरे । कुनै पनि हालतमा मिललाई रोक्नु पर्ने बताए । श्रीराम सुगर मिल्स लिमिटेडको लिलामी रोक्न गरुडाको मधेश प्रदेश सरकारका मन्त्री अवदुल कलाम अजाद फुलबाबुले किसानको अवाजलाई सरकारले दवाउन सकदैन भोट लिन मात्र प्रधानमन्त्रीको मधेस संग लभ भएको थियो भनेर प्रश्न समेत गरे ।
मधेस प्रदेश संग भेदभाव किन ? किसानले गरेको योगदानको कदर गर्न समेत नेपाल सरकारलाई उनले अनुरोध गरेका छन । मधेश प्रदेशका सासद सुनिल कुमार यादव जितेन्द्रले सरकारले उद्योगलाई अनुदान दिएर पनि मिल सञ्चालनमा ल्याउन भुमिका खेल्नु पर्ने सुझाव दिए । गठबन्धनको सरकारमा सहभागी भएका हामीले नै अवाज उठाई रहेको बताए । पुर्व मन्त्री योगेन्द्र यादब, गरुडा नगर प्रमुख कन्तमणि प्रसाद जयसवाल, वौधिमाई नगरप्रमुख प्रदिप कुमार यादव, वृन्दावन नगर प्रमुख विनोद पटेल, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, सहितका विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय बासिन्दाहरु, व्यापारी, समाजका लब्धप्रतिष्ठीत व्यक्तिहरुको उपस्थितिमा वृहद किसान भेला सम्पन्न भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले जानकारी गराए ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा वृहद किसान भेला भव्यताका साथ सम्पन्न भएको यादवले बताए ।