रमेश कुमार यादब
भदौ ०८,रौतहट
नगर उधोग वाणिज्य संघको अध्यक्ष पदको लागि गरूडाका संतोष चौधरीले उम्मेदवारी दिएका छन । गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको भवनमा शुक्रबार गरुडा नगर उधोग बाणिज्य संघको बिधान २०७३ को परिच्छेद ७ को दफा ४५ बमोजिम अगामी ३ बर्षे कार्यकालको लागि भदौ १८ गते हुने चुनाबमा अध्यक्ष पदको लागि प्रतिष्ठित व्यापारी तथा सन्तोष कोल्ड स्टोर्स गरुडाका सन्चालक समेत रहेका चौधरीले आफ्नो उम्मेदवारी दिएका बताउनु भयो । ब्यापारी चौधरी समेत पाँच जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन भने ४१ जनाले सदस्य पदमा उम्मेदवारी दिएका बताउनु भयो ।
प्रतिष्ठित व्यापारी सन्तोश कुमार चौधरी लगायत चुनचुन साह,सतिस साह ,राजेश साह तेलि,राधेश्याम जैसवाल सहितहरुले अध्यक्ष पदमा उम्मेदवारी दिएका छ्न ।त्यसतै बिनोद जैसवाल,रामाशंकर कुश्वाहा,उपेन्द्र कुमार चौधरी ,चुनचुन प्रसाद यादब,रामबाबु प्रसाद साह,रामबाबु साह तेलि,शक्ति साह ,राकेश साह तेलि,रोहित जैसवाल,सन्जय प्रसाद चौधरी लगायत ४१ जनाले सदस्य पदमा १८ गते हुने चुनाबमा उम्मेदवारी दिएका छन ।प्रतिष्ठित व्यापारीचौधरीले पत्रकारसँग कुराकानी गर्दै भने कि म यो नगर उधोग बाणिज्य संघको दुई कार्याकाल बिभिन्न पदमा रहि बिताई सक्नु भएका बताउनु भएको थियो । नगर उधोग बाणिज्य संघमा एक चोटी सदस्य पदमा रहि र अर्को यस संघको सचिव पदमा बसि कार्य गरिसकेका बताउनु भयो ।
त्यस कारण उक्त पदमा काम गर्दाको बेला उधोग बाणिज्य संघलाई कसरी चलाउने कुन तरिकाले चलाउँदा ब्यापारी बर्गलाई फाईदा हुने भनि परिपक भईसकेको बताउनु भएको साथै संघको गोप्नियता कुरा पदाअधिकारीहरुको छनौट गर्ने तरिका र उनीहरुलाई कसरी मिलाएर लैजान्छ भनि कुरा हामिलाई अवगत नै छ ।यसको साथै यस संघसंग आबद्व रहेका ब्यापारीहरुसंग राम्रो सम्बन्ध पनि रहेको बताउनु भएको थियो ।
जस्तै गरुडा नगर उधोग बाणिज्य संघ संग आवद्ध रहेको ब्यापारीहरुको कार्यक्षेत्रका ब्यापारीहरुसंग राम्रो सुमधुर ब्यवाहार समेत रहेको दावी गर्नु भएको हो । ब्यापारी चौधरीले भने कि यो उम्मेदवारी मेरो एक्लै निर्णय नरहेको समेत बताउनु भयो ।यो उम्मेदवारी सम्पुर्ण ब्यापारीहरुको राय ,बिचार सुझाव र सल्लाहको कारण म अध्यक्ष पदको उम्मेदवारी दिएको बताउनु भयो ।ब्यापारीहरुको साथसहयोगले म अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रतिष्ठित व्यापारी चौधरीले सठोकुवा गर्नु भएको हो । ब्यापारी चौधरीले भने सबै ब्यापारीहरुको सहयोग र साथ मेरो तर्फ रहेको हुँदा मेरो जित निश्चित रहेको दावी समेत गर्नु भएको हो ।
ब्यापारीहरुको सहयोग र साथले गर्दा आउँदो भदौ १८ गतेको निर्वाचनमा अन्य उम्मेदवार भन्दा सबैभन्दा बलियो उम्मेदवारको रूपमा व्यापारी चौधरी नै रहेका छन् ।तपाईको उम्मेदवारी किन र केको लागी पत्रकारको प्रश्नको जवाफ दिदैँ चौधरीले भने सबै उधोगी,व्यापारीको हकहितको लागि केही उदाहरणीय र नयाँ कामहरू गर्ने आफनो ईच्छा रहेकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु भयो । आफूले चुनाव लडेर बहुमत सहित चुनाव जित्ने चौधरीले दाबी गरेका छन् । वहाँले भने कि आफु निर्वाचित भएपछि ब्यापारीहरुले पाउनु पर्ने हरेक सेवा सुबिधा दिने र ब्यापारीबर्गको हरेक सुखदुख परेको बेला काधमा काध र हातमा हात राखेर चल्ने बाचा समेत गरेका छन ।१८ गते हुने चुनाबको लागि परेको उम्मेदवारीहरुमध्ये बाट शनिबार चाहेका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिने बताउनु भएको छ ।