रमेश कुमार यादब
भदौं १०,रौतहट
वृन्दावन नगरपालिकाकामा बिपक्षिहरुले जतिजालझोल गरे नि जनताको हकहितमा हुने बिकासको काममा पछि नहटने नगर प्रमुख विनोद राउत कुर्मीले दाबी गरेका छन ।पालिकाको विकासका लागि हरदम अग्रसर रहने नगर प्रमुख कुर्मिले बताउनु भएको छ । यस अघिका नगर प्रमुखको कार्यकालमा यस पालिकामा कुनै काम नै नभएको टिप्पणी गर्दै अहिले नगरमा विकासको कामले गति लिएको बताउनुभएको छ ।नगर प्रमुख कुर्मिका अनुसार केही वार्डका वडाअध्यक्षहरुले आफ्नो निजि स्वार्थ पूरा गर्नको लागि ममाथी विभिन्न प्रपन्च रची मलाई बदनाम गर्न खोजेको आरोप समेत लगाउनु भएको दाबी समेत गर्नु भयो ।
वहाँले भने वडाअध्यक्षहरुले आफू मनोमानी बजेट देखि लिएर आफू भनेको कुरा गर्न भनेपछी न गर्दा यस्तो कुरा गरेको बताउनु भयो ।पहिलाको भन्दा अहिले म निर्वाचित भएदेखी मलाई बुझने र मेरो नीति नियमलाई बुझ्ने वडाअध्यक्षहरुको सहयोगले उनिहरुको वार्डमा जनताको चाहना र ईच्छा अनुसारको कामले जनता हर्षित भएका समेत दाबी गर्नु भएको छ ।
नगर प्रमुख कुर्मिको अनुसार पालिकाको वडा नं. १, २, ३, ६, ७, ८ र ९ वटा वडामा विभिन्न योजनाका काम भएको बताउनु भएको छ । उहाँका अनुसार वडा नं. १ मा नेपाल माध्यमिक विद्यालयमा भवनको निर्माण, रमौली आधारभूत प्रावि, वतहु मावि, सतार प्रावी भवन निर्माण, प्रावि रमौलीको भवन निर्माण देखि सोहि वडाको वलेरी खोरमा व्रहम मन्दिर निर्माण, नाला निर्माण, सडक ढलान, चाँदी पुल देखि व्रहम मन्दिर सम्म कालोपत्रे, तामाङ्ग टोलमा गुम्बा निर्माण र सोहि स्थानमा प्रतिक्षालय निर्माणको काम समेत भएको छ । त्यतिमात्र नभएर खेलकुद मैदान, भवन निर्माण, सडक ढलान, स्वास्थ्य चौकी भवन निर्माण, वडा कम्पाउण्ड, पर्खाल निर्माण, सिमसारमा चिल्डे«न पार्क निर्माण लगायतका करोडौको लागतका काम भएको उहाँले उल्लेख गर्नुभएको छ । त्यस्तै वृन्दावन नगरपालिका वडा नं. २ मा करिव १ करोडको भन्दा बढीका विभिन्न योजनाका काम भएको उहाँले जानकारी दिनु भयो । वृन्दावन नगरपालिका वडा नं. ३ मा भने वडा कार्यालय संञ्चालनका लागि ८ लाख ४६ हजार खर्च भएको छ ।
साथै २० लाखको लागतमा चन्द्रपुर देखि समनपुर जाने हुलाकी मार्ग देखि विश्रापुरको सडक कालोपत्रेको काम भएको नगर प्रमुख कुर्मीको भनाई छ । वृन्दावन वडा नं. ६ मा सडक विभागको सहयोगमा सडक स्तरोन्नती, वडा कार्यालय संञ्चालन, सामुदायिक भवन निर्माण, खानेपानीका काम भएको छ भने सहरी विकासको सहयोगमा हर्साहा गाँउको सडक स्तरोन्नतीका काम भएको उहाँले बताउनु भयो । वृन्दावन नगरपालिका वडा नं. ७ मा १४ लाखको लागतमा वर्थिङ्ग सेन्टर निर्माणको कार्य भएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार वडा नं. ८ मा वहुअरीमा सडक ढलान, पोखरी देखी गाँउसम्म ३० लाखको लागतमा सडक ढलान, वनहु रामको घर देखि राजेश रायको घर सम्म २५ लाखको लागतमा नाला तथा सडक ढलान, वौधीमाई देखि तपेस्वरको घर सम्म ९ लाखको लागतमा नाला निर्माण , त्यसैगरि चन्देश्वरको घर देखि वहादुरको घर सम्म १० लाखको लागतमा सडक ढलान, व्रम्ह वावाको कमाउण्डवाल, भुईढलान गेट देखि रंङ्गरोगनको काम भएको छ । झुलुङ्गे पुल निर्माण र २५ लाखको लागतमा दलित भवन निर्माणको काम भईसकेको उहाँले बताउनुभयो ।
नगर प्रमुख कुर्मीले वृन्दावन नगरपालिकाको वडा नं. ९ भुषाहामा ७५ लाखको लागतमा कृषि विद्युत पोल जडान, ५५ लाखको लागतमा ईदगाहाको भवन निर्माण, ३० लाखको लागतमा सडक ढलान, सामुदायिक भवन निर्माण , मर्दरसामा विभिन्न प्रकारका सामग्री वितरण गरिएको बताउनु भयो । सोहि वडामा व्रहम मन्दिर निर्माण, झोलुङ्गे पुल , कव्रस्थानको कमाउण्ड वाल, नाला निर्माण , हैण्डपंम्प जडान , सडक ढलान, २० लाखको लागतमा वडा कार्यालय कम्पाउण्ड वाल निर्माण देखि लिएर कृषकहरुको सुविधाका लागि सिचाईको प्रवन्ध नगरपालिकाले गरेको छ । शिक्षा, स्वास्थ्य, सडक, नाला, कृषि लगायतका क्षेत्रलाई बृन्दावन नगरपालिकाले प्रथामिकता दिएको छ ।नगर प्रमुख कुर्मिले जहिले पनि बृन्दावन नगरपालिकाको बिकासको लागि सधैं अग्रसर रहने समेत प्रतिबद्धता गर्नु भएको छ ।