रमेश कुमार यादब
भदौ ११,रौतहट
बृन्दावन नगरपालिकामा क्षय–कुष्ठरोग कार्यक्रम सम्बन्धि बार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन भएको छ ।बृन्दावन नगरपालिकाको सभाहलमा नगर प्रमुख बिनोद राउत कुर्मिको अध्यक्षतामा तथा बृन्दावन नगरपालिकाको स्वास्थ्य शाखा बिश्रामपुरको आयोजनामा आ.व २०७९÷०८० को समिक्षा गोष्ठी कार्यक्रम सम्पन भएको छ । कार्यक्रमलाई जिल्ला स्वास्थ्य कार्यालय क्षय–कुष्ठरोगका फोकल पर्सन महेश साहले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमलाई प्रशिक्षणको क्रममा वहाँले भने कि क्षयरोग एक बेसिलस माइकोबैक्टेरियमबाट लाग्ने संक्रामक रोग हो । यसले विशेष रूपमा फोक्सो (पुल्मोनारी टीबी) लाई असर गर्नुका साथै अन्य अंगहरुलाई पनि असर पार्न गर्दछ (अतिरिक्त पुल्मनरी टीबी) हो । यो रोग पुर्मनरी टीबीका संक्रमितले स्वास फेर्दा हावाबाट फैलिन्छ जस्तै खकारको छिटाहरु ्र मूलतः Tuberculosis बाट संक्रमित केहि व्यक्तिहरुले क्षयरोग विकास र विस्तारको कारक रहेको बताउनु भयो । क्षयरोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा व्याप्त रहेको पाईएको छ । जसमा आर्थिक रुपमा क्रियाशील उमेर समूहका वयस्क मानिस रहेको बताउनु भयो ।
त्यसतै बृन्दावन नगरपालिकको स्वास्थ्य संयोजक हरि नरायण पटेलले ०७९÷८० समिक्षा गोष्ठी कार्यक्रमको प्रशिक्षण दिर्दै क्षयरोग र कुष्ठरोग एक सरुवा रोग रहेको बताउनु भयो ।
यो रोग लागी सकेपछि यसको लक्ष्ण २ हप्ता वा सो भन्दा लामो समय खोकी लागेको लक्षणको आधारमा २०.८% ब्यतिmहरुमा र कुनै पनि अवधिको खोकी,ज्वरो ,तौल घटने ,रातमा पसिना आउने ,थकाईलाग्ने ,स्वास फेर्न समस्या हुने अथवा छाती दुख्ने लक्षणहरु सहित समाबेश गर्दा ५.८% ब्यतिmहरुमा क्षयरोग रहेको समेत बताउनु भयो ।यो रोग mycobacterium tubercullae किटाणुको कारण लाग्ने गर्दछ ।वहाँले भने कि यो रोगले हाम्रो बृन्दावन नगरपालिकामा ३६ जना मानिस ग्रसित रहेको बताउनु भएको हो ।३६ जना रोगीहरु मध्ये १८ जना महिला र १८ जना पुरुष समेत रहेको बताउनु भयो ।यो अझै हुन सक्छ भनी चिकिस्तकहरुको समुहले खोजि कार्य समेत भईरहेको बताउनु भयो ।
यति मात्र नभएर नगरपालिकाको सहयोगले यो रोगलाई पता लगाउन ठाउँ–ठाउँमा टोली बनाएर मानिसहरुलाई चेकजाँच गर्ने समेत बताउनु भयो ।स्वास्थ्य संयोजक पटेलले हाम्रो नगरपालिकाको नगरबासिहरुलाई यो रोगको उपचार निशुल्क रुपमा स्वास्थ्य चौकीमा भईरहेको बताउनु भयो ।वहाँको अनुसार क्षयरोगको उच्च यपचार सफलता दरलाई निरन्तरता दिन म्यतक बिधि उपयुतm रहेको बताउनु भयो ।यस बिधिबाट क्षयरोगको उपचार लिएका सहभागिहरुमध्ये ८०% भन्दा बढिले स्वास्थ्यकर्मिहरुको निगरानीमा उपचार गरेको पाईयोको छ ।त्यसतै कुष्टरोग पनि एक प्रकारको रोग नै तर यसमा पनि धेरै प्रकारका रहेका छन । यस रोगमा कुनै सर्ने हुन्छ त कुनै नसर्ने खालका हन्छ ।