कटहरियाको १ नं वडा कार्यालयमा लगाइएको ताला खुल्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
कटहरियाको १ नं वडा कार्यालयमा लगाइएको ताला खुल्यो


रबिन्द्र प्रजापति
भदौ १२ गते । रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वार्ड न १ मा लगाएको ताल्चा मंगलवारदेखि खुलेको छ । वडा अध्यक्षले एैलानि जग्गा हर्पेको आरोप लगाउदै खोरटोल का स्थानियहरुले ताला बन्दी गरेका थिए ।

पचासाै बर्ष देखि जोत भोग गर्दैआएको एैलानि जग्गा भु-माफिया संघ मिलोमत गरि चार किल्ला प्रमानितगरि वडा अध्यक्षले दिएको आरोपलगाउदै वडा कार्यलयमा लगाएको ताल्चा आज कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले ताल्चा खोलाएको हो । स्थानियहरु बिच मेयर जयसवालले आज दोसिलाइ छानबिन गरि कानुनको दयारामा ल्याउछु भनी प्रतिबद्धता दिएपछि पिडितहरुले वडा कार्यालयको ताल्चा खोलेको सहकर्मी प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।

जग्गाको विश्वासलाई लिएर गत ७ गते देखि पिडित स्थानियहरुले ताला बन्दी गरेका थिए । ताला बान्दीको गरेपछि १० गते आईतबारका दिन कटहरिया नगरपालिकाका मेयर जयसवाल र मेयर प्रत्याशी नसरुदिन अंसारी लगाएत स्थानियहरुले दोसिलाई कार्यवाही गर्नको लागी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई कागज पत्र बुझाईएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस