रमेश कुमार यादब
भदौं १२,रौतहट
रौतहटको बृन्दावन नगरपालिका अन्तर्गत रहेको नदिजन्य पदार्थ उत्खनन ,बिक्री तथा निकासिको ठेक्का बोलकबोल बिधिबाट ठेक्का सकार सम्पन भएको छ ।
नगरपालिकाले अर्थिक बर्ष २०८०÷०८१ को लागि नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा निकासीको आय ठेक्का बन्दोबस्त गएको श्रावण १४ गते राष्ट्रिय पत्रिका तथा विद्युतिय बोलपत्र (इविडिङ्ग) मार्फत सूचना प्रकाशित गरेको थियो ।उक्त प्रकाशित गरेको सुचना मार्फत नदि जन्य पदार्थको उत्खनन् बिक्री तथा निकासीको आय ठेक्काका लागि वृन्दावन नगरपालिकामा आठ वटा फर्म वा कम्पनीले आफ्नो नामावली दर्ता गराएको थियो ।बृन्दावन नगरपालिकाको मातहाथमा पर्ने बागमती नदीको रमौली बैरिया घाट १ , २ र भोटे टोल घाट नाकाको नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणका लागि ठेक्का बोलपत्र खरिद गर्ने समय तोकिएको थियो । भदौं ११ गते नदिजन्य पदार्थ उत्खन्न तथा बिक्रि बितरण सम्बन्धि ठेक्काको बोलपत्र खरिद गर्ने समय दिएके थियो ।सोहि समय अनुसार र वृन्दावन नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रास नारायण पटेलका अनुसार ठेक्काको बोलपत्र खरिद गर्ने समय सोमबार दिउँसो १२ बजेसम्म तोकिएको थियो भने सोहि अनुसार बोलपत्र बिक्रि भई मंगलबार दिउँसो १२ बजेसम्म दर्ता भएका आठ फर्म वा कम्पनीको नामवली सार्वजनिक गरिएको थियो ।
वृन्दावन नगरपालिका ४ को त्रिनेत्र निर्माण सेवा, गौर नगरपालिका ३ को अमोद कन्सट्रक्सन, गौर नगरपालिका १ को पशुपति निर्माण सेवा, गढीमाई नगरपालिका ४ समनपुरको सुमित निर्माण सेवा, वृन्दावन नगरपालिका ४ को पृथ्वीराज निर्माण सेवा, वृन्दावन नगरपालिका ४ को श्री पवन सप्लार्यस एण्ड जय माँ दुर्गा निर्माण सेवा , वृन्दावन १ खेराटोलको अरुण एण्ड रुस्तम निर्माण सेवा र मौलापुर नगरपालिका वडा नं. ५ पतौराको कमल कन्सट्रक्सनले समयवधीमा नै बोलपत्र दर्ता गराएको नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत पटेलले बताउनुभयो । दर्ता भएका फर्म वा कम्पनीको बोलपत्र मंगलबार दिउँसो खोलिएको थियो । कमल कन्सट्रक्सनले २ करोड ५७ लाख ७३ हजारमा ठेक्का साकर गरेको वृन्दावन नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार त्रिनेत्र निर्माण सेवाले २ करोड १५ लाख, अमोद कन्सट्रक्सनले १ करोड ९८ लाख ५१ हजार, पशुपति निर्माण सेवाले १ करोड ६८ लाख ५५ रुपैया, सुमित निर्माण सेवाले २ करोड २५ हजार, पृथ्वीराज निर्माण सेवाले १ करोड ९५ लाख, पवन सप्लार्यस एण्ड जय माँ दुर्गा निर्माण सेवाले २ करोड ५१ लाख र अरुण एण्ड रुस्तम निर्माण सेवाले १ करोड ९० लाख रकम उल्लेख गरी बोलपत्र पेश गरेको थियो ।
वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद राउत कुमीले नगरपालिकाको मुख्य आय स्रोत नै नदिजन्य पदार्थको उत्खनन् र बिक्री रहेको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले बर्षोनी नदि जन्य पदार्थको उत्खनन् बिक्री तथा निकासीको आय ठेक्का मार्फत गर्ने गरेको छ । वृन्दावन नगरपालिकामा चाँदी तथा बागमती नदीहरु पर्दछन् ।अव नगरमा बिकासको फडको मार्ने र चौतर्फी सडक देखि बिभिन्न प्रकारको काम समयमा नै हुने नगर प्रमुख कुर्मिको बिश्वास रहेको बताउनु भयो ।