रमेश कुमार यादब
भदौं १२,रौतहट
रौतहटको गरुडा र गढिमाई नगरपालिकालाई जोडने मुख्य सडकमा बनाउन नसक्दा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । सगुन कन्स्ट्रक्सनले ठेकापाटा सकार गरि नबनाउदा उक्त सडक खण्डमा ठुलोठुलो खाल्डाखुल्डी हुँदा यात्रुहरुलाई आवतजावत गर्न निकै नै कठिनाई भईरहेको छ । गरुडा र समनपुर दुवै नगरपालिकालाई जोडने मुख्य सडकको रुपमा रहेको गरुडा समनपुर सडकखण्डको विभिन्न ठाउँमा ठूल–ठूला खाल्डाखुल्डी भएको छ । सगुन कन्स्ट्रक्सनका संन्चालक सहदेव खडकाले सकार गरि एक बर्षमा पनि त्यो काम नगरी कानमा तेल हालेर काठमाडौँमा बसेका छन ।तर उक्त सडक निर्माण गर्न स्थानिय जनप्रतिनिधिहरुले कडाई गर्दा केहि दिन आएर यताउता टालटुल गरि फेर आफ्नो कानमा तेल हालेर सु्त्ने प्रबृतिले सडक आवतजावत गर्ने सवारी साधन देखि लिएर पैदल हिंलडुल गर्ने बटुवालाई धेरै नै समस्या भईरहेको छ ।
गरुडा समनपुर सडकको विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् । दैनिक हजारौं सवारी साधन आवागमन गर्ने सो सडक भत्केर कुरुप बन्दा पनि सगुन कन्स्ट्रक्सनले कुनै चासो नलिएको स्थानीयवासीको गुनासो छ । असार साउन महिनाको अबिरल वर्षा त बेग्लै कुराहो तर अहिले केहि दिन परेको निरन्तर बर्षाको कारण उक्त सडक निकै नै खाल्डोखुल्डी भएको छ ।। समनपुर,सुन्दरपुर देखी चिलिमिलिया सम्मको विचमा विभिन्न ठाउँका सडकमा ठूल–ठूला खाल्डाखुल्डी भएको छ । सो खाल्डाखुल्डीमा अहिले निरन्तर केहि दिन परेको वर्षाको पानी जमेको छ जस्का कारण दिनहुजसो सवारी दुर्घटना भइरहेको छ ।
सगुन कन्स्ट्रक्सनका संन्चालक खडकाले कालोपत्रे गर्ने भनि सकार गरेर सडकको अवस्था सुधार नगर्दा सर्वसाधारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । खाल्डाखुल्डीका कारण उक्त सडकको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । ठूल–ठूला खाल्डाखुल्डीले पैदलयात्रीलाई आवतजावत गर्न समेत समस्या भइरहेका छन् । भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेका छन् । मुख्य सडकमा पैदलयात्री आवतजावत गर्नेलाई पनि कठिनाई भइरहेको छ ।
सडकमा जोखिम मोलेर भए पनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् । उक्त सडकको अवस्थाको बारेमा गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादबलाई गुनासो गर्दा उहाँले आफ्नो पालिकाबाट मर्मत गर्न लगाउदा सगुन कन्स्ट्रक्सनका प्रतिनिधि बलराम खडकाले रोकेका मेयर यादबले बताउनु भयो ।मेयर यादबका अनुुसार सगुन कन्स्ट्रक्सनका प्रतिनिधि खडकाले मैले सकार गरेको सडकमा तपाई काम गराउदा हामिलाई समस्या पर्ने हुन्छ कि भने तपाईले उक्त सडकमा ग्रेबल हाल्दा कतै ग्रेबलको ढिस्को त कतै कम हुने अवस्था हुनाले हामिलाई सडक कालोपत्रे गर्न झन समस्या हुने र सोहि काममा त्यति श्रम फेरी खर्च हुने हुन्छ त्यस कारण तपाई उक्त कार्यलाई छोडदिनुस हामि चाँडै नै मर्मत गरदिन्छौं भन्दा हामिले उक्त सडक मर्मत गर्न छोडदियौं मेयर यादबले बताउनु भयो ।यस सन्दर्भमा मेयर यादबले भने कि भोली यदि सगुन कन्स्ट्रक्सनले गरे न भने हामि पालिकाबाट सडकलाई बनाउने प्रतिबद्धता पनि जनाउनु भयो ।
सो कन्स्ट्रक्सनमा काम गर्ने लेवरहरुले पनि दुखेसो पोखेका छन ।उनीहरुले बर्तमानकाल दैनिक पत्रिकाको स–सम्पादकसंग कुरा गर्दा सगुन कन्स्ट्रक्सनका सन्चालक सहदेव खडकाले काम गराएर पैंसा नदिंदा बाध्य भएर काम बिचमा नै छोडनु परेको लेवरहरुले बताउनु भएको छ ।